२८ पुस २०८२, सोमबार । January 12, 2026

सन्दीप लामिछानेले नेपाली क्रिकेटबाट सन्यास लिएकै हुन् त ?



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पीनर सन्दीप लामिछानेले गएराति सामाजिक सञ्जालमा लेखेको एउटा पोस्टले यतिबेला सामाजिक सञ्जालमा चर्चा बटुलेको छ ।

उनले उक्त पोस्टमा नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट सन्यास लिएको आशय व्यक्त गरेका छन् । उनले लेखेका छन् ‘सबै कुराका लागि सबैलाई धन्यवाद। यो देश र यस सुन्दर राष्ट्रका अद्भुत मानिसहरूले मेरो यात्राको प्रत्येक कदममा सधैं साथ दिए, अटल सहयोग प्रदान गरे’, सन्दीपले लेखेका छन्, ‘तपाईंहरूको माया र हौसला मेरो लागि अमूल्य छन् र सधैं मेरो हृदयमा विशेष स्थान ओगटिरहनेछन् ।

शब्दहरूमा व्यक्त गर्न नसकिनेगरी आभारी छु।’ यद्यपी उनले पोस्टमा सन्यास लिएको भन्ने कुरा प्रष्ट नखुलाएपनि उनको आशय भने बुझ्न सकिन्छ । उनका समर्थकहरुले उक्त पोस्टमा निवृत जीवन सफल रहोस् भन्दै शुभकामना समेत दिएका छन् । सन्दीप नेपाली राष्ट्रिय टोलीको कप्तान भइसकेका क्रिकेटर हुन् ।

हालै सम्पन्न नेपाल प्रिमियर लिगमा उनले विराटनगर किंग्सको कप्तानी गरेका थिए भने जय ट्रफीमा बागमतीको कप्तानी गरेका थिए ।
यस्तो छ उनले लेखेको पोस्ट:

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार  ६ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले