८ बैशाख २०८३, मंगलबार । April 21, 2026

च्याम्पियन्स ट्रफीका लागि भारतीय टोली घोषणा, को-को परे ?


५ माघ २०८१, शनिबार  

657
Shares

एजेन्सी । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले च्याम्पियन्स ट्रफीका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ ।

रोहित शर्माले कप्तानी गर्ने टोलीमा शुभमन गिल, यशस्वी जैसवाल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल, ऋषभ पन्त, रविन्द्र जडेजा, हार्दिक पाण्डेय, अक्षर पटेल, वाशिङ्गटन सुन्दर, कुलदीप यादव, जसप्रित बुमराह, मोहम्मद शमी, अर्शदीप सिंह रहेका छन् । फास्ट बलर मोहम्मद शामी एक वर्षपछि टिममा फर्किएका छन् ।

अष्ट्रेलिया भ्रमणका क्रममा घाइते भएका जसप्रित बुमराह पनि टोलीमा परेका छन् । टोलीमा ४ अलराउण्डर राखिएको छ । सन् २०२५ मा हुने च्याम्पियन्स ट्रफीको आयोजक देश पाकिस्तान हो । तर, भारतीय टोलीका सबै खेल दुबईमा हुनेछन् । भारतीय टोलीले आफ्नो पहिलो खेल फेब्रुअरी २० मा बङ्गलादेशसँग खेल्नेछ।

भारतीय टोलीको दोस्रो खेल पाकिस्तानसँग २३ फेब्रुअरीमा हुनेछ । मार्च २ मा भारतीय टोलीले न्युजिल्यान्डसँग तेस्रो खेल खेल्नेछ । भारतीय टोलीले दुई पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ ।

तर, सन् २०१७ मा च्याम्पियन्स ट्रफीको फाइनलमा पाकिस्तानले भारतलाई हराएको थियो ।

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  ४ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित