४ असार २०८३, बिहिबार । June 18, 2026

२७ अर्ब घोटाला प्रकरणः पकिस्तानका पूर्वप्रधानमन्त्री खान दोषी ठहर, १४ बर्ष जेल सजाय


४ माघ २०८१, शुक्रबार  

27
Shares

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बिबीलाई ‘अल-कादिर ट्रस्ट प्रकरण’मा दोषी ठहर गर्दै १४ वर्ष र ७ वर्षको जेल सजाय सुनाइएको छ ।

शुक्रबार न्यायाधीश नासिर जावेद राणाले अदियाला जेलमा बनाइएको अस्थायी अदालतमा यो फैसला सुनाएका हुन् । ‘अल-कादिर ट्रस्ट’ को १९० मिलियन युरो (नेपाली रुपैयाँ करिब २७ अर्ब) हिनामिना गरेको भन्दै अदालतले यस्तो सजाय सुनाएको हो । अदालतले इमरानलाई १० लाख रुपैयाँ र बुशरालाई ५ लाख रुपैयाँ जरिवाना पनि तोकेको छ ।

जरिवाना तिर्न नसके इमरानलाई थप ६ महिना र बुशरालाई थप ३ महिना जेल सजाय हुने अदालतले आदेशमा उल्लेख छ । पाकिस्तानी सञ्चारमाध्यम डनका अनुसार अदालतले उनीहरूलाई पक्राउ गरी जेलमा हस्तान्तरण गर्न आदेश दिएको हो । यो मुद्दा सार्वजनिक कोषको दुरुपयोग र ट्रस्टको स्थापना सम्बन्धी आरोपहरूसँग जोडिएको छ ।

खान सन् २०२३ को अगष्टदेखि जेलमा छन् । उनीमाथि करिब २०० वटा मुद्दा लगाइएका छन् ।

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  ३ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा