२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

२७ अर्ब घोटाला प्रकरणः पकिस्तानका पूर्वप्रधानमन्त्री खान दोषी ठहर, १४ बर्ष जेल सजाय



एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बिबीलाई ‘अल-कादिर ट्रस्ट प्रकरण’मा दोषी ठहर गर्दै १४ वर्ष र ७ वर्षको जेल सजाय सुनाइएको छ ।

शुक्रबार न्यायाधीश नासिर जावेद राणाले अदियाला जेलमा बनाइएको अस्थायी अदालतमा यो फैसला सुनाएका हुन् । ‘अल-कादिर ट्रस्ट’ को १९० मिलियन युरो (नेपाली रुपैयाँ करिब २७ अर्ब) हिनामिना गरेको भन्दै अदालतले यस्तो सजाय सुनाएको हो । अदालतले इमरानलाई १० लाख रुपैयाँ र बुशरालाई ५ लाख रुपैयाँ जरिवाना पनि तोकेको छ ।

जरिवाना तिर्न नसके इमरानलाई थप ६ महिना र बुशरालाई थप ३ महिना जेल सजाय हुने अदालतले आदेशमा उल्लेख छ । पाकिस्तानी सञ्चारमाध्यम डनका अनुसार अदालतले उनीहरूलाई पक्राउ गरी जेलमा हस्तान्तरण गर्न आदेश दिएको हो । यो मुद्दा सार्वजनिक कोषको दुरुपयोग र ट्रस्टको स्थापना सम्बन्धी आरोपहरूसँग जोडिएको छ ।

खान सन् २०२३ को अगष्टदेखि जेलमा छन् । उनीमाथि करिब २०० वटा मुद्दा लगाइएका छन् ।

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  ३ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको