२८ पुस २०८२, सोमबार । January 12, 2026

बढ्यो पेट्रोलियम पदार्थको मूल्य, लिटरमा कति पुग्यो ?



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमले बुधबार रातिबाट लागू हुने गरी पेट्रोलमा २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा समान ३/३ रुपैयाँ प्रतिलिटरका दरले मूल्यवृद्धि गरेको हो । मूल्य बढेसँगै काठमाडौं उपत्यकामा पेट्रोल १ सय ६५ र डिजेल तथा मट्टितेल १ सय ५६ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

इण्डियन आयल कर्पोरेसनबाट बुधबार दिउँसो पेट्रोलको खरिद मूल्य २ दशमलव २४ रुपैयाँ र डिजेलको खरिद मूल्य ३ दशमलव ५५ रुपैयाँ प्रतिलिटर बढेर आएकाले नेपाली बजारमा मूल्य बढाइएको निगमले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । यससँगै अब पेट्रोलको नयाँ मूल्य पहिलो वर्गमा प्रतिलिटर १६२ दशमलव ५०, दोस्रोमा १ सय ६४ र तेस्रोमा १ सय ६५ रुपैयाँ कायम भएको छ ।

डिजेल र मट्टितेलको पहिलो वर्गमा १५३ दशमलव ५०, दोस्रोमा १ सय ५५ र तेस्रो १ सय ५६ रुपैयाँ भएको छ ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ८ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले