२८ पुस २०८२, सोमबार । January 12, 2026

पीएम कप महिला क्रिकेटः एपिएफको लगातार दोस्रो जित



काठमाडौं । जारी प्रधानमन्त्री कप महिला टी २० क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले लगातार दोस्रो जित निकालेको छ।

कैलालीको धनगढीस्थित फाप्ला मैदानमा बुधबार एपिएफले गण्डकी प्रदेशमाथि ८ विकेटको जित निकाल्यो। अघिल्लो दिन एपिएफले कर्णालीलाई १ सय ११ रनले हराएको थियो। गण्डकीले दिएको ७१ रनको लक्ष्य एपिएफले ९ दशमलव ३ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो। एपिएफकी कप्तान इन्दू बर्माले २६ रन र रोमा थापा १४ रनमा नटआउट रहे।

त्यसअघि राजमती ऐरी ८ रन र ममता चौधरी १४ रनमा आउट भएका थिए। हुस्सुका कारण १५ ओभरमा झारिएको खेलमा टस जितेको एपिएफले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको गण्डकीले ५ विकेटको क्षतिमा ७० रन बनाएको थियो।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ४ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले