२८ पुस २०८२, सोमबार । January 12, 2026

पीएम कप महिला क्रिकेटः एपीएफसँग कर्णाली १ सय ११ रनले पराजित



काठमाडौं । प्रधानमन्त्री कप महिला क्रिकेटमा कर्णाली प्रदेशलाई पराजित गर्दै एपीएफले पहिलो जित हासिल गरेको छ ।

मंगलबार धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा एपीएफले कर्णालीलाई १ सय ११ रनले पराजित गरेको हो । एपीएफले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको कर्णाली पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा मात्र ७१ रनमा सीमित भयो । कर्णालीका लागि दिक्षा पूरीले १७ रन बनाइन ।

रमा बुढाथोकीले १० रन बनाइन् । अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् । एपीएफका लागि करुणा भण्डारीले ३ विकेट लिइन् । विनु बुढा, रेखा रावल र सुमन विष्टले १–१ विकेट लिइन् ।

यसअघि टस जितेर ब्याटिङ गरेको एपीएफले पूरै २० ओभर खेलेर एक विकेटको क्षतिमा १ सय ८२ रन बनाएको थियो ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  ९ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले