१ माघ २०८१, मंगलबार । January 15, 2025

पीएम कप महिला क्रिकेटः सुदूरपश्चिमको विजयी सुरूवात



काठमाडौं । प्रधानमन्त्री कप महिला क्रिकेट अन्तर्गत मंगलबार बिहान भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले विजयी सुरूवात गरेको छ ।

समूह ए को खेलमा सुदूरले गण्डकीलाई ७ विकेटले हराएको हो । गण्डकीले दिएको ५६ रनको लक्ष्य सुदूरले १०औं ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो । सुदूरका लागि रेवती धामीले अविजित २१ रन बनाइन् । मनिषा बोहराले ९ रन बनाइन् । गण्डकीका लागि आकृति तिवारी र अपेक्षा बुढाथोकीले एक(एक विकेट लिए ।

खराब मौसमका कारण ढिला गरी सुरू भएको खेल १५ ओभरमा झारिएको थियो ।

टस हारेर पहिले ब्याटिङ गरेको गण्डकीले १५ ओभरमा ७ विकेट गुमाएर ५५ रन बनाएको थियो ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  ३ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आजको विनिमयदरः अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार बुधबारका लागि अमेरिकी डलर

हेर्नुहोस माघ २ गते बुधबारको तपाईँको राशिफल (भिडियो सहित)

काठमाडौं । आज बि.सं. २०८१ साल माघ २ गते बुधबार

आजको मौसमः तराईका जिल्लाहरुमा बाक्लो हुस्सु र कुहिरो, हवाई उडानमा प्रत्यक्ष प्रभाव

काठमाडौं । हाल देशमा पश्चिमी न्युन चापिय प्रणालीको आंशिक प्रभाव

पीएम कप महिला क्रिकेटः एपीएफसँग कर्णाली १ सय ११ रनले पराजित

काठमाडौं । प्रधानमन्त्री कप महिला क्रिकेटमा कर्णाली प्रदेशलाई पराजित गर्दै

पीएम कप महिला क्रिकेटः सुदूरपश्चिमको विजयी सुरूवात

काठमाडौं । प्रधानमन्त्री कप महिला क्रिकेट अन्तर्गत मंगलबार बिहान भएको