२७ पुस २०८२, आइतबार । January 12, 2026

नेपाल कबड्डी लिगको खेल तालिका सार्वजनिक



काठमाडौं । आउँदो माघ ४ गतेबाट सुरु हुने नेपाल कबड्डी लिग (एनकेएल) को खेल तालिका सार्वजनिक भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्को कर्भडहल, त्रिपुरेश्वरमा माघ ४ गते हुने उद्घाटन खेलमा काठमाडौं माभरिक्स र पोखरा लेकर्सबीच प्रतिस्पर्धा हुनेछ । एस्ट्रोनिक्स म्यानेजमेन्टले आयोजना गरेको नेपाल कबड्डी लिगमा काठमाडौं, पोखरा, बुटवल, विराटनगर, धनगढी र जनकपुर गरी ६ वटा शहरका टोलीले प्रतिस्पर्धा गर्दैछन् ।

खेल बेलुका साढे ५ र साढे ६ बजे हुनेछन् । राउन्ड रोबिन लिगमा १५ खेल हुने छन् । शीर्ष चार टोली अर्को चरणमा प्रवेश गर्नेछन् । लिगका शीर्ष दुई टोलीले माघ १४ गते क्वालिफायर एक खेल्नेछ, जसको विजेता सीधै फाइनलमा पुग्नेछ । त्यसैगरी लिगमा तेस्रो र चौथो स्थानमा रहने टोलीले माघ १४ गते नै इलिमिनेटरमा खेल्नेछ, जसको विजेता क्वालिफायर दुईमा पुग्नेछ ।

क्वालिफायर एकमा पराजित हुने टोली र इलिमिनेटरको विजेताबीच माघ १६ गते हुने क्वालिफायर दुईमा जित्ने टोली फाइनलमा पुग्नेछ । फाइनल खेल माघ १८ गते हुनेछ ।

यस्तो छ खेला तालिका

प्रकाशित मिति : २७ पुस २०८१, शनिबार  १० : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले