२५ फाल्गुन २०८२, सोमबार । March 10, 2026

पुष २७ गते शनिबारको तपाईँको राशिफल कस्तो छ ?


२७ पुस २०८१, शनिबार  

525
Shares

काठमाडौं । आज बि.सं. २०८१ साल पुष २७ गते शनिबार ।

ई.सं. २०२५ जनवरी १२, नेपाल सम्बत ११४५ । आज नेपालमा सूर्योदय बिहान ६ः५५ बजे हुनेछ भने सूर्यास्त साँझ ५ः२८ बजे हुनेछ । आज कुनै महत्वपूर्ण कामको शुरुवात गर्दै हुनुहुन्छ भने शुभ समय बिहान ६ः५५ बजे देखि ८ः१४ बजेसम्म रहेको छ । अब सुरु गरौँ आजको राशिफल…

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
अध्ययनप्रतिको लगाव बढ्नुका साथै अभिव्यक्ति कौशलमा निखार आउने छ । सञ्चार वा नेटवर्किङका विभिन्न माध्यमले अल्मल्याउन सक्छन् । पराईसँग व्यवहार गर्दा शब्दहरूको चयन र प्रस्तुतिमा विशेष ध्यान दिनुहोला । कार्यक्षमताको प्रदर्शन गर्दै धन, मान र प्रतिष्ठा कमाउने योग रहेको छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
जीवनशैली र उठबसमा परिवर्तन गर्नसके प्रेम जीवनमा समेत सकारात्मक प्रभाव पर्ने देखिन्छ । केही समय आफ्नो स्वास्थ्यका लागि छुट्याउनु आवश्यक छ । कार्यस्थल र घरपरिवारमा खुसी र उमंगको वातावरण बन्नेछ । आर्थिक मन्दी चल्दैछ भने नयाँ रणनीति बनाएर अघि बढ्नु उपयुक्त होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आर्थिक तनावले पतिपत्नीका बीचमा विवाद चुलिनसक्ने देखिन्छ । शारिरीक थकानले मनमा अशान्ती पैदा गर्नसक्छ । धनको मामिलामा उदासीन हुनु उपयुक्त नहोला । हतारमा निर्णय गर्नु उपयुक्त नहोला । नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने आफुभन्दा ठूलाको सुझाव लिएर मात्रै अघि बढ्नुहोला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आफ्नो सोख पुरा गर्ने चाहले दैनिक खर्चमा बृद्धि हुनसक्छ । सहकर्मी र साथिभइको सहयोगले कुनै महत्वपूर्ण काम बन्नेछ । व्यक्तिगत खुसी, आनन्द र मोजमस्तीका लागि समय छुटउनु राम्रो हुन्छ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । खर्चको मात्रा बढ्ने समय रहेकाले बजेटलाई सन्तुलनमा राख्ने प्रयास गर्नुहोला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
परामर्श सेवा, प्रकाशन तथा प्रसारण, वकालत, शेयार बजार जस्ता कामबाट फाइदा लिन सकिनेछ । काममा धपेडी हुनुका साथै अनेकन बाधा आउनसक्छन् । भाग्य भरोेसामा रहने भन्दा पनि स्वयं आफूलाई विश्वास गरेर अघि बढ्नु उपयुक्त होला । परीक्षाको तयारी गर्दै हुनुहुन्छ भने उत्तम परिणाम प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आफन्त वा छरछिमेकको काममा खट्नुपर्दा व्यवस्तता बढ्नेछ । परिश्रम र मिहेनत गरेअनुरुप सफलता हात पर्नेछ । धार्मीक वा आध्यात्मिक बिषयमा रुचि बढ्ने देखिन्छ । स्वभावमा परिवर्तन आउनुका साथै मन शान्त रहनेछ । प्रेम र भाइचारालाई जीवन्त तुल्याउन प्रयास हुने देखिन्छ । ठूलाबडाको सल्लाह र सुझावले लिएर अघि बढ्दा रोकिएको काम बन्नसक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
समय र परिस्थिति अनूकुल छ, तर बाध्यतामा खुम्चिनुपर्दा इच्छा पूरा हुन सक्दैन । पतिपत्नीका बीचमा अविश्वास र भ्रम सिर्जना हुने देखिन्छ । विश्वस्त भएर आफ्नो काम र लक्ष्यप्रति अग्रसर भए सफलता मिल्नेछ । भविष्यको चिन्ताले मनमा नैराश्यता बढाउन सक्छ । तनाव लिनुको साटो कामको गुणस्तर सुधारका लागि प्रयास गर्नु उचित होला ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
सुख सुविधाप्रतिको मोह बढ्नुका साथै मन कल्पना र भावनामा रुमलिन सक्छ । सबैको सहयोग प्राप्त हुनाले कामबाट छिट्टै फुर्सद मिल्नेछ । रचनात्मक काममा हात हाल्ने मानसिकतासमेत बन्नसक्छ । काममा भन्दा पनि मन आनन्दप्राप्तिका निमित्त आकर्षित हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
मनमा घमण्ड र अहंकारको उदय हुने भएकाले सकभर गम्भीर बन्ने प्रयास गर्नुहोला । कामको बोझ बढ्नुका साथै प्रशासनिक र कानूनी झमेलामा फस्नसक्ने योग छ । बेकारको कुरामा आफ्नो जिद्दिपना प्रस्तुत गर्नाले निराशा र खिन्नता बढ्नसक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
शिक्षाक्षेत्र, आर्थिक कारोबार, सुनचाँदी जस्ता व्यापारिका लागि आजको दिन निकै राम्रो छ । आत्मविश्वास बृद्धि हुनाले थप सफलता प्राप्त हुनेछ । पारिवारिक वातावरण ठिकै देखिन्छ । सन्तानको इच्छाअनुसार काम गर्ने हुँदा खर्च बढ्नसक्छ । विशेष व्यक्तिबाट उचित सल्लाह र सहयोग मिल्नेछ, जसले गर्दा तपाईँको तनाब हट्नसक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
धार्मिक र आध्यात्मिक कामका लागि समय व्यवस्थापन गर्नसके मानसिक तनाब कम हुनेछ । व्यवहारिक कारणले कारोबारमा बाधा हुनसक्छ । गरगहनाको व्यापारमा मनग्य लाभ पाउनुका साथै सञ्चारक्षेत्रको काममा सफलता मिल्नेछ । आर्थिक कारोबारबाट सकभर पछि हट्नु उचित होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
मानसम्मान र प्रतिष्ठा प्राप्त हुने योग छ । साझेदारीमा कुनै व्यवसाय गर्दै हुनुहुन्छ भने विशेष ध्यान पुर्याउनु उपयुक्त होला । सहकर्मी वा साथिभइको सहयोगबाट कुनै महत्वपूर्ण काम सम्पन्न हुनेछ । कामको चाप बढ्ने देखिन्छ ।

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद

प्रकाशित मिति : २७ पुस २०८१, शनिबार  ४ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по