१० माघ २०८१, बिहिबार । January 23, 2025

ललितपुर प्रेस सेन्टरको अध्यक्षमा अर्याल सर्वसम्मत निर्वाचित



ललितपुर। प्रेस सेन्टर नेपाल ललितपुर जिल्लाको अध्यक्षमा दीपक अर्याल सर्वसम्मत चयन भएका छन् ।

बिहीबार ललितपुरमा सम्पन्न पाँचौ अधिवेशनबाट अध्यक्षसहित पदाधिकारी र सदस्यहरू सर्वसम्मत चयन भएका हुन् । उपाध्यक्षहरूमा कृष्ण पौडेल र उषा कुमारी काफ्ले चयन भएका छन् । सचिवमा सागर देवकोटा, सह–सचिवमा विसु गुरुङ, रोसन लामा तामाङ र कोषाध्यक्षमा मन बहादुर विक चयन भएका छन् ।

सदस्यहरूमा पासाङ घिसिङ, गोपाल सिलवाल, पृथ्वुराज जोशी, अनिल कुमार श्रेष्ठ, विपिन घिसिरे, कमल योञ्जन तामाङलगायत चयन भएका छन् । अधिवेशनमा प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा जुगल, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य दिनेश महर्जन दिपेश, प्रेस सेन्टरको संस्थापक मनऋषि धिताल, प्रेस सेन्टर नेपालका केन्द्रीय वरिष्ठ उपायध्यक्ष कमल गिरी, उपाध्यक्ष गंगा पौडेल बराल, प्रेस सेन्टर उपत्यका प्रदेशका इन्चार्ज निर्मल ज्ञवाली, केन्द्रीय उपमहासचिव रामकृष्ण अधिकारी, केन्द्रीय सचिव सुनिल खड्का, हरि लामिछाने, नेपाल पत्रकार महासंघका निवर्तमान लेखासमितिका संयोजक लेखनाथ न्यौपाने, निवर्तमान केन्द्रीय सदस्य ज्ञानप्रसाद पौडेल, प्रेस सेन्टर नेपाल उपत्यका कार्यसमितिका अध्यक्ष नवराज दाहाल, मिलन नेपालीकी जीवनसंगिनी सबिता बस्नेतलगायतको उपस्थिति रहेको थियो ।

प्रेस सेन्टर नेपालको पाँचो अधिवेशनमा जनार्दन पोखरेल र प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश अध्यक्ष नवराज दाहाल पुरस्कृत समेत भएका छन् । नेपालखबरकर्मी पोखरेल ‘मिलन नेपाली साहसिक पत्रकारिता पुरस्कार–२०८०’ बाट सम्मानित भएका हुन्। नेपालखबरका उप–सम्पादकसमेत रहेका पोखरेललाई नगद रकमसहित पुरस्कृत गरिएको हो।

कार्यक्रममा प्रेस सेन्टर नेपाल उपत्यका प्रदेशका अध्यक्ष तथा पत्रकार नवराज दाहाललाई पनि नगद पुरस्कारसहित ‘कृष्ण सेन इच्छुक प्रेस स्वतन्त्रता सेनानी सम्मान तथा पत्रकारिता पुरस्कार–२०८०’ प्रदान गरिएको थियो।

कार्यक्रममा प्रेस सेन्टरका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा (जुगल) ले पोखरेल र दाहाललाई पुरस्कार रकमसहित सम्मान–पत्र प्रदान गरे।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  १२ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नतिजा लुकाएपछि पत्रकारिता तथा आमसञ्चार विभाग प्रमुख अर्याल विवादमा, विद्यार्थीले नै मागे राजीनामा

काठमाडौं । त्रिभूवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख सह–प्राध्यापक

पीएम कप महिला क्रिकेटः एपीएफसँग बागमती १० विकेटले पराजित

काठमाडौं । जारी प्रधानमन्त्री कप महिला क्रिकेट अन्तर्गत सुपर ४

आईएमई पेमा विदेशबाट पैसा पठाउँदा ५ सय रुपैयाँसम्म बोनस

काठमाडौं । डिजिटल वालेट आइएमई पेले विदेशबाट पैसा पठाउँदा ५००

रुपन्देही अदालतमा उपस्थित भए रवि, थुनछेक बहस सुरु

काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको आरोप लागेको राष्ट्रिय

बाघको आक्रमणबाट बाँकेमा एक वृद्धाको मृत्यु

बाँके । बाँकेमा बाघको आक्रमणबाट एक बृद्धाको मृत्यु भएको छ