७ चैत्र २०८२, शनिबार । March 22, 2026

रक्तदानले ज्यान जोगाउन अहम भुमिका खेलेको छः मेयर यादव



बारा । महागढीमाई नगरपालिका बरियारपुरका नगर प्रमुख उपेन्द्र प्रसाद यादवले रगतको अभावमा अकालमै जाने ज्यानलाई जोगाउन रक्तदानको अहम भुमिका रहेको बताएका छन् ।

जनजागरण युवा क्लब बाराले आफनो २७ औ वार्षिकोत्सवको अवसरमा महागढीमाई नगरपालिका बरियारपुर र जनजागरण युवा क्लब बाराको संयुक्त आयोजनमा बुधबार गढीमाई मन्दिरको प्रांगनमा आयोजित रक्तदान कार्यक्रमको समुद्दघाटन गर्दै नगर प्रमुख यादवले रक्तदान नै मानव कल्याण भएको बताए ।

नगर प्रमुख यादवले रक्तदान गर्दै सुत्केरी महिला, दुर्घटनामा परेका व्यक्ति, शैल्यक्रिया गर्नुपर्ने विरामीहरुलाई रगतको अभावले गर्दा अकाल्मै ज्यान गुमाउनुपरेकाले रक्तदान गरी जिवनदान गर्नुपर्ने बताए । मानव कल्याण कार्यमा जेजेवाईसी बारासंगको सहकार्यमा महागढीमाई नगरपालिका कांधमा कांध मिलाएर अगाडी बढने नगर प्रमुख यादवले प्रतिबद्धता जनाए । जनजागरण युवा क्लब बाराका अध्यक्ष भैयाराम यादवले जनचेतना फैलाउन उद्देश्यले रक्तदान कार्यक्रम शहरी क्षेत्रमा नगरी ग्रामिण भेगमा आयोजना गरिएको बताए ।

अहिलेपनि ग्रामिण भेगका मानिसहरुले रक्तदानले गर्दा कमजोरी हुने, विभिन्न किसिमका रोगहरु हुने गल्त मानसिकतामा रहेकाले ति भ्रमहरुलाई चिर्न ग्रामिण भेगमा रक्तदानको आयोजना गरिएको जानकारी दिए । रक्तदान कार्यक्रममा मेयर उपेन्द्र प्रसाद यादव, गंगा थापा, रिना कुमारी, मिना गुप्ता, नरेश साह, अवधेश प्रसाद यादव, पवन सहनी, शशिकान्त कुशवाहा लगायतकाले रक्तदान गरेका थिए ।

त्यसैगरी नवराज घिमिरे, मुन्द्रिका चौरसिया, रमेश सिंह, सुरज गुप्ता, दिलिप कुमार साह, सुरेश यादव, राहुल गुप्ता, प्रकाश गुप्ता, चन्दन साह, राजेश यादव लगायत ४ महिला सहित ५२ जनाले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रममा जेजेवाईसी बाराका उपाध्यक्ष राजदेव साह, कोषाध्यक्ष सियाराम यादव, कार्यकारी निर्देशक डा.श्रीनिवास बैठा र सहजीकरण लक्ष्मी खरेलले गरेको थिईन भने प्राविधिक सहयोग रक्तसञ्चार केन्द्र वीरगन्जको रहेको थियो ।

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  ८ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो