२७ पुस २०८२, आइतबार । January 11, 2026

रक्तदानले ज्यान जोगाउन अहम भुमिका खेलेको छः मेयर यादव



बारा । महागढीमाई नगरपालिका बरियारपुरका नगर प्रमुख उपेन्द्र प्रसाद यादवले रगतको अभावमा अकालमै जाने ज्यानलाई जोगाउन रक्तदानको अहम भुमिका रहेको बताएका छन् ।

जनजागरण युवा क्लब बाराले आफनो २७ औ वार्षिकोत्सवको अवसरमा महागढीमाई नगरपालिका बरियारपुर र जनजागरण युवा क्लब बाराको संयुक्त आयोजनमा बुधबार गढीमाई मन्दिरको प्रांगनमा आयोजित रक्तदान कार्यक्रमको समुद्दघाटन गर्दै नगर प्रमुख यादवले रक्तदान नै मानव कल्याण भएको बताए ।

नगर प्रमुख यादवले रक्तदान गर्दै सुत्केरी महिला, दुर्घटनामा परेका व्यक्ति, शैल्यक्रिया गर्नुपर्ने विरामीहरुलाई रगतको अभावले गर्दा अकाल्मै ज्यान गुमाउनुपरेकाले रक्तदान गरी जिवनदान गर्नुपर्ने बताए । मानव कल्याण कार्यमा जेजेवाईसी बारासंगको सहकार्यमा महागढीमाई नगरपालिका कांधमा कांध मिलाएर अगाडी बढने नगर प्रमुख यादवले प्रतिबद्धता जनाए । जनजागरण युवा क्लब बाराका अध्यक्ष भैयाराम यादवले जनचेतना फैलाउन उद्देश्यले रक्तदान कार्यक्रम शहरी क्षेत्रमा नगरी ग्रामिण भेगमा आयोजना गरिएको बताए ।

अहिलेपनि ग्रामिण भेगका मानिसहरुले रक्तदानले गर्दा कमजोरी हुने, विभिन्न किसिमका रोगहरु हुने गल्त मानसिकतामा रहेकाले ति भ्रमहरुलाई चिर्न ग्रामिण भेगमा रक्तदानको आयोजना गरिएको जानकारी दिए । रक्तदान कार्यक्रममा मेयर उपेन्द्र प्रसाद यादव, गंगा थापा, रिना कुमारी, मिना गुप्ता, नरेश साह, अवधेश प्रसाद यादव, पवन सहनी, शशिकान्त कुशवाहा लगायतकाले रक्तदान गरेका थिए ।

त्यसैगरी नवराज घिमिरे, मुन्द्रिका चौरसिया, रमेश सिंह, सुरज गुप्ता, दिलिप कुमार साह, सुरेश यादव, राहुल गुप्ता, प्रकाश गुप्ता, चन्दन साह, राजेश यादव लगायत ४ महिला सहित ५२ जनाले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रममा जेजेवाईसी बाराका उपाध्यक्ष राजदेव साह, कोषाध्यक्ष सियाराम यादव, कार्यकारी निर्देशक डा.श्रीनिवास बैठा र सहजीकरण लक्ष्मी खरेलले गरेको थिईन भने प्राविधिक सहयोग रक्तसञ्चार केन्द्र वीरगन्जको रहेको थियो ।

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  ८ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले