२५ पुस २०८१, बिहिबार । January 9, 2025

अमेरिकामा हिमआँधीका कारण ५ जनाको मृत्यु, कैयौँ स्थानमा सङ्कटकाल



एजेन्सी । अमेरिकामा हिमआँधीका कारण पाँच जनाको ज्यान गएको छ ।

केही दिनदेखि अमेरिकाको विभिन्न राज्यमा परेको बाक्लो हिमपात, चिसो हावा र हिमआँधीका कारण कठ्याङ्ग्रिएर र दुर्घटनामा परेर पाँच जनाको ज्यान गएको हो । मिसौरी राज्यमा हिमपातको समयमा गाडी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । कान्सासमा कार दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने चिसोले कठ्याङ्ग्रिएर टेक्सासमा एक जना र भर्जिनियामा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।

अमेरीकी अधिकारीहरूले स्थानीयवासीहरूलाई प्रभावित क्षेत्रमा गाडी नचलाउन आग्रह गर्दै आएका छन् । चिसोका कारण धेरै विद्यालयहरु बन्द हुनुका साथै यात्रामा अवरोध भइरहेको छ ।अमेरिकाको सात राज्यहरु मेरील्याण्ड, भर्जिनिया, वेस्ट भर्जिनिया, कान्सास, मिसौरी, केन्टकी र अर्कान्सासमा आपत्काल घोषणा भएसँगै हिमपातका कारण विद्युत पनि कटौती हुँदा लाखौँ मानिस हिजो बेलुकादेखि प्रभावित भएका छन् ।

खराब मौसमका कारण दुई हजारभन्दा धेरै उडानहरू रद्द भएका छन् भने झण्डै ६ हजार पाँच सय उडानमा ढिलाइ भएको खबरमा उल्लेख छ । मौसमविद्हरूका अनुसार हिमपात र चिसो हावा अझै केही हप्तासम्म देशको केही भागमा रहिरहने अनुमान छ । वासिङ्टन डीसीको मेरील्याण्ड र भर्जिनिया ५ देखि ९ इन्चसम्म हिउँ जमेको बीबीसीले उल्लेख गरेको छ ।

अमेरिकाको न्युयोर्कलगायत अरु विभिन्न ठाउँमा पनि हिमपात र चिसो आँधीले लाखौँको जनजीवन प्रभावित भएको छ ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  ९ : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भारतको आन्ध्र प्रदेशस्थित तिरुपति मन्दिरमा भागदौड मच्चिँदा ६ जनाको मृत्यु

एजेन्सी । भारतको आन्ध्र प्रदेशस्थित तिरुपति मन्दिरमा बुधबार राति भागदौड

स्पेनिस सुपारकपको फाइनलमा पुग्यो बार्सिलोना

एजेन्सी । बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ

रविलगायतको मुद्दामा आज थुनछेक आदेश आउन सक्ने, पोखरामा सुरक्षा व्यवस्था कडा

कास्की । सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका

खुम्बु क्षेत्रमा बारम्बार भूकम्को धक्का महसुस

सोलुखुम्बु । मंगलबार चीनको डिंग्रे काउन्टी केन्द्रबिन्दु बनाएर गएको ७

आजको मौसमः कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ