२७ पुस २०८२, आइतबार । January 11, 2026

अमेरिकामा हिमआँधीका कारण ५ जनाको मृत्यु, कैयौँ स्थानमा सङ्कटकाल



एजेन्सी । अमेरिकामा हिमआँधीका कारण पाँच जनाको ज्यान गएको छ ।

केही दिनदेखि अमेरिकाको विभिन्न राज्यमा परेको बाक्लो हिमपात, चिसो हावा र हिमआँधीका कारण कठ्याङ्ग्रिएर र दुर्घटनामा परेर पाँच जनाको ज्यान गएको हो । मिसौरी राज्यमा हिमपातको समयमा गाडी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । कान्सासमा कार दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने चिसोले कठ्याङ्ग्रिएर टेक्सासमा एक जना र भर्जिनियामा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।

अमेरीकी अधिकारीहरूले स्थानीयवासीहरूलाई प्रभावित क्षेत्रमा गाडी नचलाउन आग्रह गर्दै आएका छन् । चिसोका कारण धेरै विद्यालयहरु बन्द हुनुका साथै यात्रामा अवरोध भइरहेको छ ।अमेरिकाको सात राज्यहरु मेरील्याण्ड, भर्जिनिया, वेस्ट भर्जिनिया, कान्सास, मिसौरी, केन्टकी र अर्कान्सासमा आपत्काल घोषणा भएसँगै हिमपातका कारण विद्युत पनि कटौती हुँदा लाखौँ मानिस हिजो बेलुकादेखि प्रभावित भएका छन् ।

खराब मौसमका कारण दुई हजारभन्दा धेरै उडानहरू रद्द भएका छन् भने झण्डै ६ हजार पाँच सय उडानमा ढिलाइ भएको खबरमा उल्लेख छ । मौसमविद्हरूका अनुसार हिमपात र चिसो हावा अझै केही हप्तासम्म देशको केही भागमा रहिरहने अनुमान छ । वासिङ्टन डीसीको मेरील्याण्ड र भर्जिनिया ५ देखि ९ इन्चसम्म हिउँ जमेको बीबीसीले उल्लेख गरेको छ ।

अमेरिकाको न्युयोर्कलगायत अरु विभिन्न ठाउँमा पनि हिमपात र चिसो आँधीले लाखौँको जनजीवन प्रभावित भएको छ ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  ९ : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले