२३ पुस २०८१, मंगलबार । January 7, 2025

आइतबार झिनो अंकले बढ्यो नेप्से, ४ अर्ब ८६ करोड बढीको कारोबार



काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार परिसूचक (नेप्से) सामान्य अंकले बढेको छ ।

आज नेप्से ५ दशमलव ३२ अंकले बढेर २ हजार ५ सय ९१ दशमलव ५६ बिन्दुमा पुगेको छ । आज कुल १४१ कम्पनीको मूल्य बढेको छ । ९४ कम्पनीको घट्दा ८ कम्पनीको मूल्य स्थिर रह्यो । बजार सामान्य अंकले बढे पनि उपकार लघुवित्त, दोर्दीखोला जलविद्युत् र ग्रिन भेन्चर्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

डोल्टी र ग्रिन डेभलपमेन्ट बैंकको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । आज जलविद्युत् र व्यापारतर्फका कम्पनीको लगानी बढ्यो । यी दुई उपसमूहको सूचक क्रमशः १ दशमलव ६७ र १ दशमलव १४ प्रतिशतले बढेको छ । कारोबार रकमका हिसाबले आज जानकी फाइनान्स शीर्षमा रह्यो ।

यसको १९ करोड ९ लाख रुपैयाँको कारोबार भएको छ । आइतबार कुल ३२७ कम्पनीको ९३ लाख ६ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ८६ करोड २ लाख रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ३ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भूकम्पले सिन्धुपाल्चोकको भोटेकोशी–४ स्थित प्रहरी चौकीमा क्षति

काठमाडौं । भूकम्पले सिन्धुपाल्चोकको फुल्पिङकट्टीमा रहेको चौकीमा सामान्य क्षति भएको

एकाबिहानै शक्तिशाली भूकम्प, त्रासमा खुम्बु क्षेत्रका बासिन्दा

सोलुखुम्बु । मंगलबार बिहान चीनको डिंगे काउन्टी केन्द्रबिन्दु भएर गएको

चीनको तिब्बतमा ७.१ म्याग्निच्युडको भूकम्प, नेपाल र भारतसम्म धक्का

काठमाडौं । चीनको तिब्बत स्वायत्त क्षेत्रको झिजाव सहर केन्द्रबिन्दु भएर

आजको विनिमयदरः अधिकांश विदेशी मुद्राको भाउ बढ्यो, अमेरिकी डलर कति पुग्यो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार (आज) अमेरिकी डलर

आजको मौसमः हिमपात र हल्का बर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय