८ बैशाख २०८३, मंगलबार । April 22, 2026

भारतलाई पराजित गर्दै अष्ट्रेलिया टेष्ट च्याम्पियनसीपको फाइनलमा


२१ पुस २०८१, आइतबार  

459
Shares

काठमाडौं । पाँचौ तथा निर्णयक टेस्टमा भारतलाई पराजित गर्दै अष्ट्रेलियाले आइसिसी वल्र्ड टेष्ट च्याम्पियनसीपको फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

अस्ट्रेलियाले पाँचौं टेष्टमा भारतलाई ६ विकेटले पराजित गर्दै टेष्ट च्याम्पियनसीपको फाइनलमा स्थान बनाएको हो । सिडनी क्रिकेट मैदानमा जितका लागि १ सय ६२ रनको लक्ष्य पाएको अस्ट्रेलियाले चार विकेट गुमाएर त्यसलाई प्राप्त गरेको थियो । यससँगै अस्ट्रेलियाले बोर्डर–गावस्कर सिरिज ३–१ ले जितेको छ ।

अस्ट्रेलियाका लागि बेउ वेबस्टरले ३९ र ट्रेभिस हेडले ३४ रन बनाएका थिए । उनीहरूले पाँचौं विकेटका लागि ५८ रनको नटआउट साझेदारी गरे । घरेलु टिममका लागि ओपनर उस्मन ख्वाजाले सर्वाधिक ४१ रन बनाए । यस्तै, अर्को ओपनर साम कोन्टासले २२ रनको योगदान दिए ।

भारतीय बलरमध्ये प्रसिद्ध कृष्णले ३ विकेट लिए । यसअघि भारत आफ्नो दोस्रो इनिङ्समा १ सय ५७ रन बनाएर अलआउट भएको थियो । भारतले ६ विकेट गुमाएर १ सय ४१ रन बनाएर दिनको सुरु गरेको थियो र टिम अस्ट्रेलियाली धारिलो बलिङसामु लामो समय टिकेन् र चाँडै सबै विकेट गुमायो ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ९ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित