२६ पुस २०८२, शनिबार । January 11, 2026

भारतलाई पराजित गर्दै अष्ट्रेलिया टेष्ट च्याम्पियनसीपको फाइनलमा



काठमाडौं । पाँचौ तथा निर्णयक टेस्टमा भारतलाई पराजित गर्दै अष्ट्रेलियाले आइसिसी वल्र्ड टेष्ट च्याम्पियनसीपको फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

अस्ट्रेलियाले पाँचौं टेष्टमा भारतलाई ६ विकेटले पराजित गर्दै टेष्ट च्याम्पियनसीपको फाइनलमा स्थान बनाएको हो । सिडनी क्रिकेट मैदानमा जितका लागि १ सय ६२ रनको लक्ष्य पाएको अस्ट्रेलियाले चार विकेट गुमाएर त्यसलाई प्राप्त गरेको थियो । यससँगै अस्ट्रेलियाले बोर्डर–गावस्कर सिरिज ३–१ ले जितेको छ ।

अस्ट्रेलियाका लागि बेउ वेबस्टरले ३९ र ट्रेभिस हेडले ३४ रन बनाएका थिए । उनीहरूले पाँचौं विकेटका लागि ५८ रनको नटआउट साझेदारी गरे । घरेलु टिममका लागि ओपनर उस्मन ख्वाजाले सर्वाधिक ४१ रन बनाए । यस्तै, अर्को ओपनर साम कोन्टासले २२ रनको योगदान दिए ।

भारतीय बलरमध्ये प्रसिद्ध कृष्णले ३ विकेट लिए । यसअघि भारत आफ्नो दोस्रो इनिङ्समा १ सय ५७ रन बनाएर अलआउट भएको थियो । भारतले ६ विकेट गुमाएर १ सय ४१ रन बनाएर दिनको सुरु गरेको थियो र टिम अस्ट्रेलियाली धारिलो बलिङसामु लामो समय टिकेन् र चाँडै सबै विकेट गुमायो ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ९ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले