८ चैत्र २०८२, आइतबार । March 23, 2026

बहुदिवसीय क्रिकेट प्रतियोगिता ‘जय ट्रफी’ आजबाट


२१ पुस २०८१, आइतबार  

165
Shares

काठमाडौं । दुई दशकभन्दा लामो प्रतीक्षापछि जनकपुर र वीरगन्जमा आजबाट घरेलु बहुदिवसीय क्रिकेट प्रतियोगिता जय ट्रफी मेन्स एलिट कप सुरू हुँदै छ ।

नेपाली क्रिकेटमा लामो समयपछि रातो बल र सेतो पोसाकको क्रिकेट प्रतियोगिता आयोजना हुन लागेको हो । सन् २०१९ मा इंग्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लबसँग नेपालले अन्तिम पटक बहुदिवसीय क्रिकेट खेलेको थियो । प्रतियोगिताका लागि वीरगन्जको नारायणी क्रिकेट रंगशाला र जनकपुरधामको रामजानकी अन्तर्राष्ट्रिय क्रिकेट मैदान तयार पारिएको छ । जय ट्रफी मेन्स एलिट कप अन्तर्गतको पहिलो खेलमा जनकपुरधाममा आज बिहान साढे ९ बजेदेखि सुरू हुनेछ ।

पहिलो खेलमा बागमती प्रदेश र मधेश प्रदेश प्रतिस्पर्धा गर्दै छन् । गएको वर्ष माघमा भएको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको शीर्ष चार टोलीलाई यो प्रतियोगिताका लागि छनोट गरिएको थियो । यस्तै आजै वीरगञ्जको नारायणी क्रिकेट रंगशालामा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब प्रतिस्पर्धा गर्दैछन् ।

फाइनल सहित कुल ७ खेल हुने प्रतियोगिताको लिग चरणका खेल दुईदिवसीय र फाइनल तीनदिवसीय हुनेछ । हरेक टोलीले पहिलो इनिङमा समान ६० ओभर खेल्न पाउने छन् । टिमले चाहेको खण्डमा ६० ओभरभन्दा कममा नै इनिङ समाप्तिको घोषणा गर्न पाउने छन् । दोस्रो इनिङमा भने ओभरको सीमा तोकिएको छैन ।

फाइनलमा पहिलो इनिङमा हरेक टोलीले ८० ओभर पाउने छन् । प्रत्येक दिन तीन सत्रमा खेल हुने प्रतियोगितामा दिनमा कम्तीमा ९० ओभर खेलाइनुपर्ने छ ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ५ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो