२६ पुस २०८२, शनिबार । January 11, 2026

बहुदिवसीय क्रिकेट प्रतियोगिता ‘जय ट्रफी’ आजबाट



काठमाडौं । दुई दशकभन्दा लामो प्रतीक्षापछि जनकपुर र वीरगन्जमा आजबाट घरेलु बहुदिवसीय क्रिकेट प्रतियोगिता जय ट्रफी मेन्स एलिट कप सुरू हुँदै छ ।

नेपाली क्रिकेटमा लामो समयपछि रातो बल र सेतो पोसाकको क्रिकेट प्रतियोगिता आयोजना हुन लागेको हो । सन् २०१९ मा इंग्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लबसँग नेपालले अन्तिम पटक बहुदिवसीय क्रिकेट खेलेको थियो । प्रतियोगिताका लागि वीरगन्जको नारायणी क्रिकेट रंगशाला र जनकपुरधामको रामजानकी अन्तर्राष्ट्रिय क्रिकेट मैदान तयार पारिएको छ । जय ट्रफी मेन्स एलिट कप अन्तर्गतको पहिलो खेलमा जनकपुरधाममा आज बिहान साढे ९ बजेदेखि सुरू हुनेछ ।

पहिलो खेलमा बागमती प्रदेश र मधेश प्रदेश प्रतिस्पर्धा गर्दै छन् । गएको वर्ष माघमा भएको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको शीर्ष चार टोलीलाई यो प्रतियोगिताका लागि छनोट गरिएको थियो । यस्तै आजै वीरगञ्जको नारायणी क्रिकेट रंगशालामा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब प्रतिस्पर्धा गर्दैछन् ।

फाइनल सहित कुल ७ खेल हुने प्रतियोगिताको लिग चरणका खेल दुईदिवसीय र फाइनल तीनदिवसीय हुनेछ । हरेक टोलीले पहिलो इनिङमा समान ६० ओभर खेल्न पाउने छन् । टिमले चाहेको खण्डमा ६० ओभरभन्दा कममा नै इनिङ समाप्तिको घोषणा गर्न पाउने छन् । दोस्रो इनिङमा भने ओभरको सीमा तोकिएको छैन ।

फाइनलमा पहिलो इनिङमा हरेक टोलीले ८० ओभर पाउने छन् । प्रत्येक दिन तीन सत्रमा खेल हुने प्रतियोगितामा दिनमा कम्तीमा ९० ओभर खेलाइनुपर्ने छ ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ५ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले