२६ पुस २०८२, शनिबार । January 11, 2026

यू–१९ महिला विश्वकप खेल्ने नेपाली टोली घोषणा



काठमाडौं । नेपालको यू–१९ महिला टी–२० विश्वकप टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार पूजा महतोको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

नेपाली टोलीमा पूजा महतो (कप्तान), सोनी पार्खिन (उपकप्तान), सना प्रविन, ज्योल्सिनिका महासिनी, कुसुम गोदार, अलिशा कुमारी यादव, सावित्री धामी, त्रिसना बिके, किरण कुमारी कुँवर, रिया शर्मा, सिमाना केसी, अनु कडायत र करिश्मा गुरुङ रहेका छन् ।

गत डिसेम्बरमा मलेसियामा सम्पन्न एसीसी यू–१९ महिला एसिया कप खेल्ने १५ खेलाडीलाई नै विश्वकपको लागि निरन्तरता दिइएको छ। यसअघि, गत नोभेम्बरमा यूएईमा सम्पन्न विश्वकप एसिया छनोट प्रतियोगितामा उपाधि जित्दै नेपालले पहिलो पटक यू–१९ महिला विश्वकपमा स्थान सुरक्षित गरेको थियो।

विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ। यस समूहमा नेपालसँगै अष्ट्रेलिया, बंगलादेश, र स्कटल्याण्ड रहेका छन्।

यू–१९ महिला विश्वकप यही जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा आयोजना हुनेछ ।

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  ८ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले