२६ पुस २०८२, शनिबार । January 11, 2026

थाइल्यान्डकी प्रधानमन्त्री सिनावात्राको सम्पत्ति १३ अर्ब ८० करोड भाट, ह्यान्डब्याग मात्रै २० लाख डलरको



एजेन्सी । थाइल्यान्डकी प्रधानमन्त्री पेटोङ्टार्न सिनावात्राले शुक्रबार आफ्नो सम्पति विवरण सार्वजनिक गरकी छन् ।

सार्वजनिक विवरण अनुसार उनिसँग ४० करोड अमेरिकी डलरभन्दा बढीको सम्पत्ति रहेको छ । उनले उनले आफूसँग २० लाख अमेरिकी डलरभन्दा बढी मूल्यका २ सय भन्दा बढी डिजाइनरद्वारा बनाइएका ह्यान्डब्याग र करिब ५० लाख अमेरिकी डलर मूल्यका कम्तीमा ७५ वटा लक्जरी घडी रहेको खुलाएकी छन् ।

पेटोङ्टार्नले आफ्नो सम्पत्ति र दायित्व राष्ट्रिय भ्रष्टाचार विरोधी आयोग (एनएसीसी) को अनुरोधमा सार्वजनिक गरेको बताइएको छ । उनले आफूसँग कूल १३ अर्ब ८० करोड भाट (४० करोड अमेरिकी डलर) बराबरको सम्पत्ति रहेको बताएकी छन् । यस्तै उनको लगानी ११ अर्ब भाट रहेको र एक अर्ब भाट निक्षेप र नगद रहेको खुलाएकी छन् ।

थाई टेलिकमका मालिक तथा पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी कान्छी छोरी पेटोङ्टार्नले गत सेप्टेम्बरमा थाइल्यान्डमा २० वर्षमा सरकारको नेतृत्व गर्ने परिवारका चौथो सदस्यका रूपमा पदभार ग्रहण गरेकी थिइन् ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  ६ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले