एजेन्सी । थाइल्यान्डकी प्रधानमन्त्री पेटोङ्टार्न सिनावात्राले शुक्रबार आफ्नो सम्पति विवरण सार्वजनिक गरकी छन् ।
सार्वजनिक विवरण अनुसार उनिसँग ४० करोड अमेरिकी डलरभन्दा बढीको सम्पत्ति रहेको छ । उनले उनले आफूसँग २० लाख अमेरिकी डलरभन्दा बढी मूल्यका २ सय भन्दा बढी डिजाइनरद्वारा बनाइएका ह्यान्डब्याग र करिब ५० लाख अमेरिकी डलर मूल्यका कम्तीमा ७५ वटा लक्जरी घडी रहेको खुलाएकी छन् ।
पेटोङ्टार्नले आफ्नो सम्पत्ति र दायित्व राष्ट्रिय भ्रष्टाचार विरोधी आयोग (एनएसीसी) को अनुरोधमा सार्वजनिक गरेको बताइएको छ । उनले आफूसँग कूल १३ अर्ब ८० करोड भाट (४० करोड अमेरिकी डलर) बराबरको सम्पत्ति रहेको बताएकी छन् । यस्तै उनको लगानी ११ अर्ब भाट रहेको र एक अर्ब भाट निक्षेप र नगद रहेको खुलाएकी छन् ।
थाई टेलिकमका मालिक तथा पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी कान्छी छोरी पेटोङ्टार्नले गत सेप्टेम्बरमा थाइल्यान्डमा २० वर्षमा सरकारको नेतृत्व गर्ने परिवारका चौथो सदस्यका रूपमा पदभार ग्रहण गरेकी थिइन् ।
प्रतिक्रिया