२४ पुस २०८२, बिहिबार । January 9, 2026

नयाँ वर्ष मनाइरहेको भिडमा ट्रक कुदाउँदा अमेरिकामा १५ जनाको मृत्यु



एजेन्सी । अमेरिकी सहर न्यु अर्लिन्सको एक पर्यटकीय क्षेत्रमा नयाँ वर्ष मनाइरहेको भिडमा एक संदिग्धले ट्रक कुदाउँदा १५ जनाको मृत्यु भएको छ ।

फ्रेन्च क्वार्टर पनि भनिने उक्त स्थानमा नयाँ वर्ष मनाउन सयौं मानिसहरू जम्मा भएका थिए। स्थानीय समयअनुसार बिहान ३:१५ बजे एक संदिग्धले भिडमा ट्रक कुदाएपछि गाडीभित्रैबाट गोलीसमेत चलाएका थिए। अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार १५ जनाको मृत्यु र कम्तिमा ३५ जना घाइते भएका छन्।

घाइते हुनेमा दुई प्रहरी पनि छन्। संदिग्ध ४२ वर्षीय शमशुद दिन जब्बर रहेको खुलेको छ। समाचार संस्था रोयटर्सले उनी अमेरिकी सेनाको निवृत्त सैनिक रहेको भनेको छ।

उसले चलाएको ट्रकमा आइएसआइएसको झन्डा लगाएको पनि भनिएको छ।

प्रकाशित मिति : १८ पुस २०८१, बिहिबार  ८ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले