७ चैत्र २०८२, शनिबार । March 21, 2026

भारतविरुद्धको चौथो टेस्टमा अस्ट्रेलियाको शानदार जित, फाइनलको सम्भावना बलियो



काठमाडौं । भारतविरुद्धको चौथो टेस्टमा शानदार जित निकाल्दै अस्ट्रेलिया टेस्ट च्याम्पियनसीपको फाइनलमा स्थान बनाउने सम्भावना बलियो बनाएको छ ।

अस्ट्रेलियाले दिएको ३ सय ४० रनको लक्ष्य पछ्याएको भारत अन्तिम दिनको अन्तिम सेसनमा १ सय ५५ रनमा अलआउट भयो । भारतका लागि यशश्वी जैसवालले सर्वाधिक ८२ रनको योगदान दिएपनि जितका लागि पर्याप्त भएन् । अस्ट्रेलियाका कप्तान प्याट कमिन्स र स्कट बोलान्डले ३/३ विकेट लिए भने नेथन लायनले २ तथा मिचेल स्टार्क र ट्राभिस हेडले १/१ विकेट हात पारे । अन्तिम दिनको पहिलो सेसनबाटै लक्ष्य पछ्याउन थालेको भारतले सबै विकेट गुमाएको हो ।

त्यसअघि पहिलो सेसनमा अस्ट्रेलियाले ४ सय ७४ रन बनाएर अलआउट भएको थियो भने जवाफमा भारतले नितिश कुमार रेड्डीको शतक मद्दतमा ३ सय ६९ रन बनाएको थियो । त्यसपछि अस्ट्रेलियाले १ सय ५ रनको अग्रताबाट खेल्न सुरू गरी थप २ सय ३४ रन जोडेर कुल ३ सय ३९ रनको अग्रतासहित भारतलाई ३ सय ४० रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ ।

पहिलो टेस्टमा भारत विजयी हुँदा दोस्रो टेस्ट अस्ट्रेलियाले जितेको थियो भने तेस्रो टेस्ट ड्र भएको थियो । अब अन्तिम टेस्ट जनवरी ३ देखि हुनेछ । टेस्ट च्याम्पियनसीपको फाइनलमा दक्षिण अफ्रिका छनोट भइसकेको छ । अब भारतको सम्भावना कम भएको छ ।

भारतले अब एक खेल मात्र खेल्न बाँकी छ भने अस्ट्रेलियाले भारतसँग एक खेल र श्रीलंकासँग दुई खेल खेल्न बाँकी छ ।

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  १ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो