२५ पुस २०८२, शुक्रबार । January 9, 2026

दक्षिण कोरिया विमान दुर्घटना अपडेटः मृतकमध्ये १ सय ४१ जनाको सनाखत



एजेन्सी । आइतबार बिहान दक्षिण कोरियामा भएको विमान दुर्घटनामा मृत्यु भएका १ सय ७९ जनामध्ये १ सय ४१ जनाको सनाखत भएको छ ।

यतिबेला १ सय ७९ जनाको शवलाई अस्थायी शव घरमा राखिएको छ । ती शवहरुलाई अब अनुसन्धान एजेन्सीले अटोप्सी गरेपछि शवलाई परिवारको जिम्मा लगाइने मन्त्रालयले जनाएको छ । पीडितका सामानहरू पनि दुघर्टनाग्रस्त विमानबाट जम्मा पार्ने काम भइरहेको पनि बताइएको छ ।

आइतबार भएको दुघर्टनाको कारणबारे छानबिन भइरहेकोले दुघर्टना भएको ठाउँलाई सुरक्षित रूपमा राखिने भएको छ । विमानमा रहेका १ सय ८१ जना मध्ये २ जनाको जीवितै उद्धार गरिएको थियो । यी दुवै जना चालक दलको सदस्य हुन् ।

यी दुवैको अस्पतालमा उपचार भइरहेको छ र दुवै खतरा बाहिर भएको बताइएको छ ।

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  ११ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले