काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ४ सयले बढेर तोलामा १ लाख ५० हजार ७०० मा कारोबार भइरहेको छ। यसअघि बिहिबार सुन तोलामा एक लाख ५० हजार ३ सयमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ।
आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढे र १ हजार ८ सय १५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रतिक्रिया