२३ पुस २०८२, बुधबार । January 8, 2026

कजाकस्तान विमान दुर्घटना अपडेटः कम्तिमा ३० जनाको मृत्यु, २९ जनाको जीवितै उद्दार



एजेन्सी । अजरबैजान एअरलाइन्सको यात्रुबाहक विमान पश्चिमी कजाकिस्तानमा बुधबार दुर्घटना हुँदा कम्तिमा ३० जनाको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले दिएको जानकारी अनुसार २९ जनाको जीवितै उद्दार गरिएको जनाइएको छ । यात्रु र चालकदलका सदस्य गरि ६७ जना मानिस बोकेको जहाज काजाकस्तानको अक्ताउ क्षेत्र नजिकै दुर्घटनामा परेको हो । विमानबाट चार जनाको शव निकालेको र कम्तीमा ३० जनाको ज्यान गएको हुन सक्ने स्थानीय अधिकारीहरूलाई उद्धृत अन्तर्राष्ट्रिय समाचार संस्था एफीले जनाएको छ ।

काजाकस्तानको आपत्कालीन मन्त्रालयका अनुसार विमानमा ६३ जना यात्रु र पाँच जना चालक दलका सदस्य रहेका थिए । अजरबैजानको राजधानी बाकुबाट चेचन्यातर्फ उडेको अजरबैजान एअरलाइन्सको विमान बाक्लो कुहिरोका कारण काजाकस्तानतर्फ मोडिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

विमान दुर्घटनाको पूर्ण विवरण भने अझै पनि आउँन बाँकी नै छ ।

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  ५ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले