८ चैत्र २०८२, आइतबार । March 23, 2026

यू–१८ ललित स्मृति युथ लिगको उपाधि नेपाल पुलिस क्लबलाई


१० पुस २०८१, बुधबार  

153
Shares

काठमाडौं । एन्फा ललित स्मृति यू १८ युथ लिगको उपाधि विभागीय टोली पुलिस क्लबले उचालेको छ ।

लिगमा अन्तिम चरणका खेल बाँकी रहँदा दोस्रो स्थानको एनआरटीभन्दा सात अंक बढी रहेकाले पुलिस च्यम्पियन बनेको हो। मंगलबार सम्पन्न खेलमा चर्च बोइजलाई २–१ गोलअन्तरले हराउँदै पुलिस एक खेल अगावै च्याम्यियन बनेको हो। यससँगै पुलिस तेस्रो पटक युथ लिगको च्याम्पियन बन्यो। यसअघि आर्मी र ब्रिगेड ब्वाइजले समान दुई पटक लिग उपाधि जितेका थिए ।

खेलाडीका रुपमा भोलानाथ सिलवालले पुलिसबाट थुप्रै उपाधि जिते पनि प्रशिक्षकका रुपमा भने उनको यो पहिलो उपाधि हो। चर्च बोइजविरुद्ध विक्रम गौतमले खेल सुरु भएको २८ सकेन्डमै पुलिसलाई सुरूआती अग्रता दिलाएका थिए। ४३ औं मिनेटमा कप्तान सुवास बमले अर्को गोल गर्दै पुलिसको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफको इन्जुरी समयमा निमा पाख्रिले गोल गरे पनि चर्च बोइजलाई पर्याप्त बनेन। जितसँगै शीर्ष स्थानको पुलिसले २१ खेलबाट ४८ अंक जोडेको छ। पुलिसले लिगको अन्तिम खेल एनआरटीसँग खेल्ने छ।

एनआरटीले ४१ र संकटाले ३९ अंक जोडेका छन्।

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  ७ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो