२२ पुस २०८२, मंगलबार । January 7, 2026

यू–१८ ललित स्मृति युथ लिगको उपाधि नेपाल पुलिस क्लबलाई



काठमाडौं । एन्फा ललित स्मृति यू १८ युथ लिगको उपाधि विभागीय टोली पुलिस क्लबले उचालेको छ ।

लिगमा अन्तिम चरणका खेल बाँकी रहँदा दोस्रो स्थानको एनआरटीभन्दा सात अंक बढी रहेकाले पुलिस च्यम्पियन बनेको हो। मंगलबार सम्पन्न खेलमा चर्च बोइजलाई २–१ गोलअन्तरले हराउँदै पुलिस एक खेल अगावै च्याम्यियन बनेको हो। यससँगै पुलिस तेस्रो पटक युथ लिगको च्याम्पियन बन्यो। यसअघि आर्मी र ब्रिगेड ब्वाइजले समान दुई पटक लिग उपाधि जितेका थिए ।

खेलाडीका रुपमा भोलानाथ सिलवालले पुलिसबाट थुप्रै उपाधि जिते पनि प्रशिक्षकका रुपमा भने उनको यो पहिलो उपाधि हो। चर्च बोइजविरुद्ध विक्रम गौतमले खेल सुरु भएको २८ सकेन्डमै पुलिसलाई सुरूआती अग्रता दिलाएका थिए। ४३ औं मिनेटमा कप्तान सुवास बमले अर्को गोल गर्दै पुलिसको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफको इन्जुरी समयमा निमा पाख्रिले गोल गरे पनि चर्च बोइजलाई पर्याप्त बनेन। जितसँगै शीर्ष स्थानको पुलिसले २१ खेलबाट ४८ अंक जोडेको छ। पुलिसले लिगको अन्तिम खेल एनआरटीसँग खेल्ने छ।

एनआरटीले ४१ र संकटाले ३९ अंक जोडेका छन्।

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  ७ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले