२२ पुस २०८२, मंगलबार । January 7, 2026

कुशल मल्लले डेजर्ट भाइपर्सबाट यूएईको इन्टरनेशनल टी–२० लिग खेल्ने



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर कुशल मल्लले यूएईमा हुने इन्टरनेसनल लिग टी–२० खेल्ने भएका छन् ।

मल्ललाई डेजर्ट भाइपर्सले अनुबन्धित गरेको हो । डच अलराउन्डर बास डे लिड घाइते भएपछि डेजर्ट भाइपर्सले मल्ललाई अनुबन्धित गरेको हो । मल्ल नेपालबाट ट्वान्टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने पाँचौँ ब्याटरमा पर्छन् । उनले ४७ खेलमा १ शतक र ४ अर्धशतकसहित ९१७ रन बनाएका छन् ।

एसियाली खेलकुदमा मल्लले मंगोलियाविरुद्ध अविजित १३७ रन बनाएका थिए । उनले ३४ बलमा शतक हानेका थिए । त्यस्तै ३९ एकदिवसीय खेलमा उनले ७६८ रन बनाएका छन् । उनले ओडीआई र ट्वान्टी-२० अन्तर्राष्ट्रियमा गरी ४३ विकेटसमेत लिएका छन् । डेजर्ट भाइपर्स पहिलो संस्करणको इन्टरनेसनल लिग टी–२० को उपविजेता टिम हो ।

२०२५ को संस्करणको पहिलो खेलमा भाइपर्सले आबुधाबी नाइटराइडर्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । डेजर्ट भाइपर्समा एलेक्स हेल्स, कोलिन मुनरो, रोहन मुस्तफा, वानिन्दु हसरङ्गा, सेरफाने रदरफोर्ड। सेल्डन कोटरेल, टम कुरान, साम बिलिङ्स ल्युक वुड, दिनेश चण्डिमाल, रुबेन ट्रम्पलम्यानलगायतका विश्वचर्चित क्रिकेटर सहभागी छन् ।

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  २ : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले