९ बैशाख २०८३, बुधबार । April 22, 2026

एनआरटीलाई पराजित गर्दै चर्च ब्वाइजले उचाल्यो झापा कपको उपाधि


८ पुस २०८१, सोमबार  

915
Shares

झापा । झापा कपको पहिलो संस्करणको उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको छ ।

उपाधिसँगै चर्च ब्वाइजले नगद १० लाख रुपैयाँ प्राप्त गरेको छ । यस्तै उपविजेता एनआरटी क्लबले ५ लाख रुपैयाँमा पुरस्कार हात पारेको छ । चर्च ब्वाइजले एनआरटीलाई फाइनलमा ३–१ गोलअन्तरले हराएको हो । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको फाइनल खेलमा एनआरटीलाई पराजित गर्दै चर्च ब्वाइजले उपाधि उचालेको हो ।

खेलको २१ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । चर्च ब्वाइजका समीर तामाङले एनआरटीका डिफेन्डरको मिसपासलाई सदुपयोग गर्दै गोल गर्न सफल भए । मैदानको मध्यभागबाट सिंगल खेल्दै गोलरक्षकको हातबाट फुत्किएको बललाई वान टचमा जाली चुमाए । ४३ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता दोब्बर बनायो । रोहन कार्कीले डिबक्समा मिलाइदिएको पासलाई डिबक्समा अनमार्क रहेका विदेशी खेलाडी अर्मान्डले गोल गरे ।

त्यसको लगत्तै एनआरटीले १ गोल फर्कायो । विदेशी खेलाडी कार्लोसले दिएको क्रस पासमा कप्तानसमेत रहेका अञ्जन विष्टले गोल गर्दै नतिजा १–२ बनाएका थिए । खेलको अतिरिक्त समयमा समिर तामाङको पासमा अर्मान्डले गोल गर्दै चर्च ब्वाइजको जित सुनिश्चित पारे ।

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  ७ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित