१६ चैत्र २०८२, सोमबार । March 31, 2026

मुग्लिङ-नौबिसे सडकखण्ड आजदेखि दैनिक ३ घण्टा बन्द हुने


७ पुस २०८१, आइतबार  

627
Shares

काठमाडौं । मुग्लिङ–नौबिसे सडकखण्ड आजदेखि एक साता दैनिक ३ घण्टा बन्द हुने भएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत सो सडकखण्डको पोखरेभीर र विशालटारमा चट्टान काटेर घुम्ती सुधार गर्नका लागि आइतबारदेखि सडक बन्द गर्न लागिएको हो ।

पुस ३ गते जिल्ला सुरक्षा समितिको बैठकले सडक बन्द गरेर मोड सुधारको काम गर्ने निर्णय गरेको थियो । सोहि निर्णयका अनुसार आज पुस ७ गतेदेखि पुस १३ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सडक बन्द हुनेछ ।

सडक बन्द हुने अवधिमा सवारी साधनहरुलाई पोखरेभीर मोड सुधारका लागि गल्छी–बैरेनी र चालिसेमा भारी सवारीसाधनहरुलाई रोकिने छ भने हलुका सवारी साधन जरेखेत र घाटबेसीमा रोकिनेछ ।

त्यस्तै विशालटार मोड सुधारका लागि भारी सवारी साधन मझिमटार र बेनीघाटमा तथा हलुका सवारी साधन चरौदी बजार र विशालटारमा रोकिने छ । एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधनलाई भने बाटो खुला गरिने बताइएको छ ।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  ११ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र