२१ पुस २०८२, सोमबार । January 5, 2026

मुग्लिङ-नौबिसे सडकखण्ड आजदेखि दैनिक ३ घण्टा बन्द हुने



काठमाडौं । मुग्लिङ–नौबिसे सडकखण्ड आजदेखि एक साता दैनिक ३ घण्टा बन्द हुने भएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत सो सडकखण्डको पोखरेभीर र विशालटारमा चट्टान काटेर घुम्ती सुधार गर्नका लागि आइतबारदेखि सडक बन्द गर्न लागिएको हो ।

पुस ३ गते जिल्ला सुरक्षा समितिको बैठकले सडक बन्द गरेर मोड सुधारको काम गर्ने निर्णय गरेको थियो । सोहि निर्णयका अनुसार आज पुस ७ गतेदेखि पुस १३ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सडक बन्द हुनेछ ।

सडक बन्द हुने अवधिमा सवारी साधनहरुलाई पोखरेभीर मोड सुधारका लागि गल्छी–बैरेनी र चालिसेमा भारी सवारीसाधनहरुलाई रोकिने छ भने हलुका सवारी साधन जरेखेत र घाटबेसीमा रोकिनेछ ।

त्यस्तै विशालटार मोड सुधारका लागि भारी सवारी साधन मझिमटार र बेनीघाटमा तथा हलुका सवारी साधन चरौदी बजार र विशालटारमा रोकिने छ । एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधनलाई भने बाटो खुला गरिने बताइएको छ ।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  ११ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together