६ कार्तिक २०८३, शुक्रबार । October 23, 2026

जनकपुर बोल्ट्सका ललितले जिते अल्ट्राभाइलेट इलेक्ट्रिक बाइक


६ पुस २०८१, शनिबार  

1.7k
Shares

काठमाडौं । पहिलो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जनकपुर बोल्ट्सलाई दिलाउन मुख्य भुमिका खेलेका स्पिनर ललितनारायण राजवंशीले बाइक उपहार प्राप्त गरेका छन् ।

उनले अल्ट्राभाइलेट इलेक्ट्रिक बाइक प्राप्त गरेका हुन् । राजवंशीले प्रतियोगितामा १० इनिङ्स बलिङ गर्दै ४० ओभरमा २ सय १३ रन खर्चिएर १७ विकेट लिएका थिए । राजवंशीको शानदार प्रदर्शनले जनकपुरलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेको थियो । एनपिएलमा सर्वाधिक विकेट लिने खेलाडीहरूको सूचीमा उनी दोस्रो स्थानमा रहेका छन्।

जनकपुरका राजवंशीसँगै सुदूरपश्चिम रोयल्सका स्कट कुग्लिनले पनि समान १७ विकेट लिएका थिए।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  ५ : ०७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि