३ पुस २०८१, बुधबार । December 18, 2024

सामान्य अंकले बढ्यो नेप्से,४ अर्ब ३४ करोडको कारोबार



काठमाडौं । साताको दोस्रो कारोबारको दिन (मंगलबार) सेयर बजार परिसूचक (नेप्से) सामान्य अंकले वृद्धि भएको छ ।

आज नेप्से २ दशमलव ९५ अंकले बढेर २ हजार ६ सय ३३ दशमलव ८७ विन्दुमा पुगेर बन्द भएको छ । मंगलबार ११७ कम्पनीको मूल्य बढेको छ । मंगलबार सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढ्यो । त्यस्तै जानकी फाइनान्स र डोल्टी पावर कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।

मंगलबार ११७ कम्पनीको मूल्य घटेको छ । जसमा कुथेली बुखरी जलविद्युतको सेयर मूल्यमा नकारात्मक सर्किट लाग्यो । आरबीबी म्युचुअल फन्ड २ र रिभर फल्स पावर लिमिटेडको मूल्य ५ प्रतिशतले घट्यो । मंगलबार १० कम्पनीको मूल्य भने स्थिर रह्यो ।

३१८ कम्पनीको ८९ लाख ३९ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ३४ करोड ३२ लाख रुपैयाँको कारोबार भएको छ । मंगलबार कुनै पनि उपसमूहको सूचक १ प्रतिशत पनि बढ्न सकेन ।

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  ३ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एनपीएल विशेषः चितवनले जित्यो टस, कर्णालीलाई ब्याटिङको निम्तो

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पहिलो इलिमनेटर

एनपीएल विशेषः विजेताले १ करोड १० लाख पाउने, अन्य टिमले कति पाउँछन ?

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) को बिजेताले १

महिला-यू १९ एसिया कपः समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा

काठमाडौं । मलेसियामा जारी एसीसी यू १९ महिला एसिया कप

सामान्य अंकले बढ्यो नेप्से,४ अर्ब ३४ करोडको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबारको दिन (मंगलबार) सेयर बजार परिसूचक

महिला-यू १९ एसिया कपः नेपाल र भारतबीचको खेल बर्षाका कारण रद्द

काठमाडौं । मलेसियामा जारी यू १९ एसिया कप अन्तर्गत नेपाल