२१ मंसिर २०८२, शनिबार । December 6, 2025

एनपीएल विशेषः विराटनगरको प्लेअफ सम्भावना कायमै, चितवन ५१ रनले पराजित



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार भएको दोस्रो खेलमा विराटनगर किंग्सले चितवन राइनोजलाई ५१ रनले हराएको छ ।

जितसँगै विराटनगरले प्लेअफ पुग्ने सम्भावना कायमै राखेको छ । एनपीएलमा विराटनगरको यो दोस्रो जित हो । विराटनगरले दिएको १ सय ८२ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको चितवनले पूरै ओभर खेलेर ६ विकेटको क्षतिमा १ सय ३० रन बनायो । चितवनका लागि अमर रौतेलाले ४२ रन जोडे ।

सन्तोष कार्कीले २८ र रवि बोपाराले २० रन बनाए । कप्तान कुशल मल्लले २५ रन बनाए । विराटनगरका लागि कप्तान सन्दीप लामिछानेले २ तथा लोकेश बम, बसिर अहमद र सुवास भण्डारीले १–१ विकेट लिए ।

क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको विराटनगरले पूरै ओभर खेलेर ५ विकेटको क्षतिमा १ सय ८१ रन बनाएको थियो ।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  ४ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको