९ चैत्र २०८२, सोमबार । March 23, 2026

नेपाल आईपुगे विश्व क्रिकेटका लिजेण्ड ब्रायन लारा


२८ मंसिर २०८१, शुक्रबार  

264
Shares

काठमाडौं । वेस्ट इण्डिजका महान क्रिकेटर ब्रायन लारा नेपाल आइपुगेका छन् ।

शुक्रबार बिहान छोरीसहित नेपाल आएका ब्रायन लारालाई नेपाल क्रिकेट संघका कोषाध्यक्ष पदम खड्का, प्रवक्ता छुम्बी लामा र क्रिकेट म्यानेजर तथा पूर्वकप्तान विनोद दासले त्रिभूवन विमानस्थलमा स्वागत गरेका छन् । जारी नेपाल प्रिमियर लिगमा कमेन्ट्रीसहित अन्य कार्यक्रममा सहभागी हुन लारा क्यानको निम्तोमा नेपाल आएका हुन् ।

उनले नेपाल आउँदा खुसी लागेको बताएका छन् । ब्रायन लाराको नाममा टेष्ट क्रिकेटमा एक इनिङसमा इङ्गल्याण्ड विरूद्ध सन् २००४ मा हानेको अविजित ४०० रन अहिलेसम्म कसैले तोड्न सकेका छैनन् । यो रेकर्ड अरूले तोडेको हेर्न चाहेको लाराले बताए । उनले वेस्ट इण्डिजबाट १ सय ३१ टेष्ट खेल्दै ११ हजार ९ सय ५३ रन बनाएका छन् ।

ओडिआईमा भने २ सय ९९ खेल खेल्दै १० हजार ४०६ रन जोडेका छन् । टेष्टमा ३४ र ओडिआईमा १९ शतक उनको नाममा रहेको छ । नेपाल क्रिकेट संघ क्यानकाअनुसार उनी तीन दिन नेपाल बस्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  १२ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो