३१ आश्विन २०८३, शनिबार । October 17, 2026

एनपीएल विशेषः प्लेअफ पुग्ने विश्वाससहित लुम्बिनीसँग भिड्दै कर्णाली


२८ मंसिर २०८१, शुक्रबार  

159
Shares

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार (आज) हुने पहिलो खेलमा लुम्बिनी लायन्स र कर्णाली याक्स भिड्दैछन् ।

त्रिवि क्रिकेट मैदानमा हुने उक्त खेल बिहान ९ बजे सुरु हुनेछ । आजको खेल लुम्बिनी लायन्सका लागि एनपीएलकै अन्तिम खेल हुनेछ । यसअघि ६ खेल खेलेको लुम्बिनी पाँच खेलमा पराजय हुँदै एनपीएलको पहिलो सिजनमा लिग चरणबाटै बाहिरिने पहिलो टोली बनेको थियो । कर्णाली याक्सका लागि भने आजको खेल महत्त्वपूर्ण छ।

प्लेअफ पुग्ने प्रतिस्पर्धामा बलियो बन्नका लागि कर्णालीले आजको खेल जित्नुपर्नेछ। कर्णाली अंक तालिकाको चौथो स्थानमा छ। आठमध्ये चार टिम प्लेअफमा पुग्छन्। जनकपुर बोल्ट्स एक खेल बाँकी छँदै प्लेअफमा पुगिसकेको छ। सुदूरपश्चिम रोयल्स दोस्रो स्थानमा छ। तेस्रो स्थानमा चितवन राइनोज् छ।

चितवनले आजै विराटनगर किंग्ससँग खेल्दैछ।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  ७ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि