४ असार २०८३, बिहिबार । June 18, 2026

वेस्ट इन्डिजका महान क्रिकेटर लारा आज नेपाल आउँदै


२८ मंसिर २०८१, शुक्रबार  

288
Shares

काठमाडौं । विश्व क्रिकेटका लिजेन्ड ब्रायन लारा शुक्रबार नेपाल आउँदैछन् ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार वेस्ट इन्डिजका महान क्रिकेटर लारा शुक्रबार बिहान नेपाल आउने भएका हुन् । क्यानले दिएको जानकारी अनुसार लारा त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागि हुन नेपाल आउन लागेका हुन् ।

क्यारेबियन राष्ट्र ट्रिनिडाड एन्ड टोबागोका ५५ वर्षीय लाराले टेस्ट र एकदिवसीय क्रिकेटमा १० हजारभन्दा बढी रन बनाएका छन्। टेस्ट क्रिकेटमा एकै पालिमा अविजित ४ सय रन बनाउने कीर्तिमान लाराकै नाममा छ। उनी टेस्ट क्रिकेटको एउटै पालिमा ४ सय रन बनाउने एकमात्र खेलाडी हुन्।

उनले सन् २००४ मा एन्टिगुवामा भएको इङ्ल्यान्डविरुद्धको चौथो टेस्टमा अविजित ४ सय रन बनाएका थिए। उनले सन् २००३ मा टेस्ट क्रिकेटमै दक्षिण अफ्रिकाविरुद्धको खेलमा एकै ओभरमा २८ रन बनाउँदै कीर्तिमान रचेका थिए। उनको यो कीर्तिमान सन् २०२२ मा भारतका जसप्रीत बुमराहले तोडेका थिए। सन् १९९० देखि २००७ सम्मको समयलाई लारा युग मानिन्छ।

यस अवधिमा उनले थुप्रै कीर्तिमानसँगै ऐतिहासिक सफलता पनि हासिल गरेका थिए। उनले वेस्ट इन्डिजबाट १ सय ३१ टेस्टमा ३४ शतक र ४८ अर्धशतकसहित ११ हजार ९ सय ५३ रन बनाएका छन्। यस्तै २ सय ९९ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा १९ शतक र ६३ अर्धशतकको मद्दतमा १० हजार चार सय पाँच रन बनाएका छन्।

टेस्टमा ६० र एकदिवसीयमा ४९ ओभर बलिङ गरेका लाराले एकदिवसीय खेलमा चार विकेट लिएका छन्। उनकै कप्तानीमा सन् २००४ मा वेस्ट इन्डिजले आईसीसी च्याम्पियन्स ट्रफी जितेको थियो। जुन सन् १९७९ विश्वकपपछिको ठूलो उपाधि थियो। लारा टेस्ट क्रिकेटको विश्व वरीयतामा ब्याटिङतर्फ लामो समय शीर्षस्थानमा रहेका खेलाडी पनि हुन्।

श्रीलंकाका चर्चित क्रिकेटर मुथैया मुरलीधरनले लारालाई विश्वका सबै ब्याटरमध्ये सबैभन्दा कठिन प्रतिद्वन्द्वी रहेको बताएका थिए। विश्व प्रसिद्ध दिग्गज खेलाडी लाराको आगमनले एनपीएलसँगै नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रियकरण गर्न थप मद्दत पुर्‍याउने क्यानको विश्वास छ।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  ७ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा