२६ फाल्गुन २०८१, सोमबार । March 10, 2025

एनपीएल विशेषः काठमाडौंले लुम्बिनीलाई दियो १ सय ४ रनको लक्ष्य



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी खेलमा काठमाडौंले लुम्बिनी लायन्सलाई १ सय ४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको काठमाडौं १९ दशमलव २ ओभरमा अलआउट हुँदा मात्र १ सय ३ रन बनाउन सक्यो। काठमाडौंको लागि भिम सार्कीले ४० बलमा एक चौकासहित सर्वाधिक ३१ रन बनाए। २७ वर्षीय इंग्लिस खेलाडी डानियल एलेक्जान्डर डाउथवेटले २१ रन बनाएका थिए।

यसबाहेक प्रतिक श्रेष्ठले १४ बलमा ३० र अफगानिस्तानका युवा ब्याटर स्टेफन इस्किनाजीले १३ रनको योगदान गरे। ओपनर माइकल लेभिट दुई बल खेलेर डकआउट भएपछि काठमाडौं दबाबमा आएको थियो । त्यसपछि जेहार्ड इरास्मस १, सुमित महर्जन ४, रसिद खान १, कप्तान करण केसी १ रन, शाहव आलम ८ रन बनाएर आउट भएका थिए ।

लुम्बिनीका लागि साद विन जफरले ३ तथा रेमन सिमोन्ड्स र अभिषेक गौतमले समान दुई विकेट हात पारे । सुर्य तामाङ र विवेक यादवले समान एक विकेट लिए।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  २ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको मूल्य सामान्य बढ्यो, चाँदीको मूल्य भने स्थिर

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ

चार देशीय सिरिजः आज नेपालले हङकङको सामना गर्दै

काठमाडौं । युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय सिरिज

भारतले जित्यो आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि

काठमाडौं । आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि भारतले जितेको छ ।

अमेरिकी डलरको भाउ स्थिर, अन्य कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः यी तीन प्रदेशमा बर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी साथै स्थानीय वायुको आंशिक प्रभाव