१९ पुस २०८२, शनिबार । January 3, 2026

एनपीएल विशेषः अपराजित जनकपुरलाई सुदूरपश्चिमको चुनौती !



काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन् ।

त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेल बिहान सवा ९ बजे सुरु हुँदैछ । हालसम्मको प्रदर्शनका आधारमा हेर्नेहो भने दुवै टिम उत्कृष्ट मानिएका छन् । त्यसैकारण पनि आजको यो खेल निकै रोचक हुने अपेक्षा समेत गरिएको छ । यद्यपि चार खेल खेलिसक्दा जनकपुर बोल्ट्सले चारै खेल आफ्नो पक्षमा पारेको छ भने सुदूरश्चिम रोयल्सले चार मध्ये १ खेलमा पराजित भएको थियो। बाँकी तीन खेलमा उसले सानदार जित निकालेको छ।

जनपुर बोल्ट्सले पहिलो खेलमा विराटनगर किंग्सलाई ८ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा कर्णालीलाई आठै विकेटमा पराजित गरेको जनकपुरले तेस्रो खेलमा पोखरालाई सात विकेटले पराजित गरेको थियो । जनकपुरले लुम्बिनी लायन्सविरूद्ध भने संघर्षपूर्ण जित निकालेको थियो।१ सय ३६ रनको लक्ष्य पछ्याएको जनकपुरले ८ विकेट गुमाएर १ रनले मात्रै लुम्बिनीविरूद्ध जित निकालेको थियो।

यता चार खेल खेलिसकेको सुदूरश्चिम रोयल्सले तीन खेलमा सानदार जित निकालेको छ। उसले पनि पहिलो खेलमा विराटनगरलाई ९० रनले पराजित गरेको थियो । दोस्रो खेलमा काठमाडौं गुर्खाजलाई ७३ रनले पराजित गरेको सुदूरपश्चिमले आफ्नो तेस्रो खेलमा लुम्बिनी लायन्सलाई पराजित गरेको थियो ।

सुदूरपश्चिमले आफ्नो चौथो खेलमा भने चितवन राइनोजसँग ३३ रनले पराजित हुँदै हारको स्वाद चाखेको थियो ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  ७ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together