१८ पुस २०८२, शुक्रबार । January 3, 2026

शिखर धवनबिनै पोखरासँग भिड्दै कर्णाली, लगातार तेस्रो जित निकाल्ने दाउ



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (मंगलबार) हुने दोस्रो देलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स भिड्दैछन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा दोस्रो खेल दिउँसो सवा १ बजे शुरु हुनेछ। हालसम्मको अवस्था हेर्दा कर्णाली याक्सले दुई खेलमा हार र दुई खेलमा जित निकालेको छ । यद्यपी प्रदर्शनको हिसाबले हेर्दा कर्णालीले अझै पनि मध्यम प्रदर्शन गर्दै आएको छ ।

दुईमा जित र दुईमा हार व्यहोरेको कर्णाली ४ अंकसहित अंक तालिकाको चौथो स्थानमा छ । कर्णाली पहिलो खेलमा जनकपुरसँग आठ विकेटले र दोस्रो खेलमा काठमाडौँ गुर्खाजसँग तीन विकेटले हारेको थियो । कर्णालीले तेस्रो खेलमा चितवनलाई ६ विकेटले तथा चौथो खेलमा विराटनगरलाई सात रनले हराएको थियो । यसैगरी पोखरा एभेन्जर्स दुई अङ्कसहित पाँचौँ स्थानमा छ । उसले तीन खेलमा एकमा जित दुईमा हार व्यहोरेको छ ।

पोखरा पहिलो खेलमा चितवनसँग ८७ रनले र दोस्रो खेलमा जनकपुरसँग सात विकेटले पराजित भएको थियो । तेस्रो खेलमा पोखराले लुम्बिनी लायन्सलाई १० विकेटले हराएको थियो ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  ७ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together