२३ माघ २०८२, बिहिबार । February 6, 2026

शिखर धवनबिनै पोखरासँग भिड्दै कर्णाली, लगातार तेस्रो जित निकाल्ने दाउ



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (मंगलबार) हुने दोस्रो देलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स भिड्दैछन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा दोस्रो खेल दिउँसो सवा १ बजे शुरु हुनेछ। हालसम्मको अवस्था हेर्दा कर्णाली याक्सले दुई खेलमा हार र दुई खेलमा जित निकालेको छ । यद्यपी प्रदर्शनको हिसाबले हेर्दा कर्णालीले अझै पनि मध्यम प्रदर्शन गर्दै आएको छ ।

दुईमा जित र दुईमा हार व्यहोरेको कर्णाली ४ अंकसहित अंक तालिकाको चौथो स्थानमा छ । कर्णाली पहिलो खेलमा जनकपुरसँग आठ विकेटले र दोस्रो खेलमा काठमाडौँ गुर्खाजसँग तीन विकेटले हारेको थियो । कर्णालीले तेस्रो खेलमा चितवनलाई ६ विकेटले तथा चौथो खेलमा विराटनगरलाई सात रनले हराएको थियो । यसैगरी पोखरा एभेन्जर्स दुई अङ्कसहित पाँचौँ स्थानमा छ । उसले तीन खेलमा एकमा जित दुईमा हार व्यहोरेको छ ।

पोखरा पहिलो खेलमा चितवनसँग ८७ रनले र दोस्रो खेलमा जनकपुरसँग सात विकेटले पराजित भएको थियो । तेस्रो खेलमा पोखराले लुम्बिनी लायन्सलाई १० विकेटले हराएको थियो ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  ७ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल