काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार परिसूचक नेप्से उच्च अंकले घटेको छ ।
आज नेप्से परिसूचक ४१ दशमलव ९३ अंकले घटेर २ हजार ६ सय ८९ विन्दुमा पुगेको छ । नेप्से उच्च अंकले घट्दा कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। आज ३२१ स्क्रिप्सको १ करोड ७३ लाख ९२ हजार २४४ कित्ता सेयर ७ अर्ब ४६ करोड ३ लाख ४ हजार ९९९ रुपैयाँमा खरिदबिक्री भए।
कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। खानीखोला हाइड्रोपावरको सेयर सर्वाधिक ९ दशमलव ९८ प्रतिशतले बढ्दा दोल्टी पारको ८ दशमलव ७७, १० प्रतिशत केबीएल डेबेन्चर २०९०को ८ दशमलव १४, स्वाबलम्बन लघुवित्त वित्तिय संस्थाको ७ दशमलव ८९ र मोलुङ हाइड्रोपावरको ६ दशमलव ५० प्रतिशतले बढ्यो। कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट शीर्षस्थानमा रह्यो।
सो कम्पनीको ३२ करोड मूल्य बराबरको सेयर कारोबार भयो। नेपाल फाइनान्स र रिभर फल्स पावरको १५र१५ करोडको सेयर कारोबार भयो। कालिञ्चोक हाइड्रोपावरको १३ करोड र बेस्ट फाइनान्सको १२ करोड मूल्य बराबरको सेयर कारोबार भयो। कारोबारमा आएकामध्ये २७ स्टक्सको मूल्य बढ्दा २१४ वटाको घट्यो। बाँकी ३ स्टक्सको मूल्य भने स्थिर रह्यो। सबै समूहको उपसूचक नकारात्मक देखिएका छन्।
लाइफ इन्स्योरेन्सको उपसूचक ३ दशमलव ०७प्रतिशतले ओरालो लाग्यो।
प्रतिक्रिया