काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई १ सय ६५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रनको योगफल तयार पारेको हो । उसका लागि हसन इशाखिलले उल्लेख्य पारी खेले । मात्र ५२ बलमा ३ छक्का र ६ चौकाको मद्दतमा उनले ६५ रन बनाए । रवि बोपारा ३६ रनमा क्याच आउट भए ।
मात्र १८ बलमा समान २/२ छक्का र चौका प्रहार गरे । विपिन रावलले १७ रन बनाउँदा क्याप्टेन कुशल मल्ल १३ रनमा बोल्ड भए ।
सुदूरपश्चिमका लागि स्कोट कुग्गेलिनले २ तथा दीपेन्द्रसिंह ऐरी, ब्रेन्डोन म्याकमुलेन र सैफ जैबले समान एक/एक विकेट लिए ।
प्रतिक्रिया