१९ पुस २०८२, शनिबार । January 3, 2026

अष्ट्रेलियाविरुद्धको दोस्रो टेस्टमा भारत पराजित, सिरिज बराबरीमा



काठमाडौं । अष्ट्रेलियाविरुद्धको दोस्रो टेस्टमा भारतले १० विकेटले पराजित भएको छ ।

अष्ट्रेलियाले चौथो इनिङमा जितका लागि पाएको १९ रनको झिनो लक्ष्य बिनाविकेट क्षति ३ दशमलव २ ओभरमा पुरा गरेको थियो । एडिलेडमा भएको टेस्टका दुवै इनिङमा भारतको ब्याटिङ चल्न सकेन । टस जितेर ब्याटिङ रोजेको भारत पहिलो इनिङमा १ सय ८० रनमा अलआउट भएको थियो ।

अष्ट्रेलियाका मिचेल स्टार्क एक्लैले ५ विकेट लिएपछि भारतको ब्याटिङ धराशायी बनेको हो । जवाफी ब्याटिङमा अष्ट्रेलियाले ३ सय ३७ रन बनाउँदै विशाल अग्रता लिन सफल भयो । अष्ट्रेलियाका मध्य क्रमका ब्याट्सम्यान ट्राभिस हेडले भारतीय बलरहरूको उछितो काढ्दै शानदार शतकीय पारी खेलेका थिए ।

उनले १ सय ४१ बलमा १ सय ४० रन बनाएपछि भारतले कमब्याकको मौका पाएन । दोस्रो इनिङमा पनि भारतीय ब्याट्सम्यानले कुनै चमत्कार देखाउन सकेनन् । १ सय ७५ रनमा भारत अलआउट भएपछि अष्ट्रेलियाले १९ रनको झिनो लक्ष्य पाएको हो । जुन लक्ष्य अष्ट्रेलियाले सहजै भेट्न सफल भयो ।

यस नतिजासँगै पाँच टेस्टको सिरिज १–१ को बराबरीमा पुगेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  १२ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together