९ चैत्र २०८२, सोमबार । March 23, 2026

एनपीएल विशेषः जनकपुरले लुम्बिनीलाई दियो १ सय ३७ रनको लक्ष्य


२३ मंसिर २०८१, आइतबार  

60
Shares

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई १ सय ३७ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुरमा ९ विकेटको क्षतिमा १ सय ३६ रन बनाएको हो । जनकपुरले पहिलो विकेटका रुपमा छैटौं ओभरको तेस्रो बलमा ओपनर आशिफ शेखलाई गुमायो । १० बलमा २ चौका र १ छक्का हानेका आशिफ १६ रन बनाउँदा साद विन जफरको बलमा विवेक यादवको हातबाट क्याच आउट भए ।

एनपीएलमा डेब्यु खेल खेलिरहेका अविशेष गौतमले १३औं ओभरमा लगातार तीन विकेट लिए । उनले १३औं ओभरको दोस्रो बलमा २४ रन बनाएका लाहिरु मिलान्थलाई विकेट किपर अर्जुन साउदको हातबाट क्याच आउट गराए। सोही ओभरको चौथो बलमा हर्ष ठाकेरलाई १ रनमै दुर्गेश गुप्ताको हातबाट आउट गराए।

ओभरको अन्तिम बलमा जेम्स निसमलाई पनि आउट गराए । पाँचौं ओभरमा बलिङमा आएका अविशेषले आफ्नो पहिलो ओभरमा नै १३ रन खान पुगे। पुरै चार ओभर बलिङ गरेका अविशेषले २० रन दिए।

कप्तान रोहित पौडेल र सादविन जफरले समान दुई विकेट झारे। सन्दीप जोराले एक विकेट लिए।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ११ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो