१८ पुस २०८२, शुक्रबार । January 3, 2026

एनपीएल विशेषः जनकपुरले लुम्बिनीलाई दियो १ सय ३७ रनको लक्ष्य



काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई १ सय ३७ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुरमा ९ विकेटको क्षतिमा १ सय ३६ रन बनाएको हो । जनकपुरले पहिलो विकेटका रुपमा छैटौं ओभरको तेस्रो बलमा ओपनर आशिफ शेखलाई गुमायो । १० बलमा २ चौका र १ छक्का हानेका आशिफ १६ रन बनाउँदा साद विन जफरको बलमा विवेक यादवको हातबाट क्याच आउट भए ।

एनपीएलमा डेब्यु खेल खेलिरहेका अविशेष गौतमले १३औं ओभरमा लगातार तीन विकेट लिए । उनले १३औं ओभरको दोस्रो बलमा २४ रन बनाएका लाहिरु मिलान्थलाई विकेट किपर अर्जुन साउदको हातबाट क्याच आउट गराए। सोही ओभरको चौथो बलमा हर्ष ठाकेरलाई १ रनमै दुर्गेश गुप्ताको हातबाट आउट गराए।

ओभरको अन्तिम बलमा जेम्स निसमलाई पनि आउट गराए । पाँचौं ओभरमा बलिङमा आएका अविशेषले आफ्नो पहिलो ओभरमा नै १३ रन खान पुगे। पुरै चार ओभर बलिङ गरेका अविशेषले २० रन दिए।

कप्तान रोहित पौडेल र सादविन जफरले समान दुई विकेट झारे। सन्दीप जोराले एक विकेट लिए।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ११ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together