१८ पुस २०८२, शुक्रबार । January 3, 2026

एनपीएल विशेषः पहिलो जित निकाल्ने लक्ष्यसहित जनकपुरसँग भिड्दै लुम्बिनी



काठमाडौं । जारी नेपाल प्रिमियर लिग अन्तर्गत आज (आइतबार) हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच भिडन्त हुँदैछ ।

खेल त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजेबाट सुरु हुनेछ । जनकपुर जारी एनपीएलमा अपराजित छ। उसले यसअघि विराटनगर किंग्स, कर्णाली याक्स र पोखरा एभेन्जर्सलाई हराएको छ। जनकपुरको आजको प्रतिद्वन्द्वी लुम्बिनी भने प्रतियोगितामा जितविहीन छ। तीनमा तीनै खेल हारेको लुम्बिनी अंक तालिकामा पनि पुछारमा छ।

लुम्बिनीले यसअघि विराटनगर, पोखरा र सुदूपश्चिमसँग हार बेहोरेको थियो। लगातार तेस्रो खेल गुमाइसकेको लुम्बिनी जसरी पनि आजको खेलमा आफ्नो जित निकाल्नैपर्ने दबाबमा छ । ब्याटिङ पक्षमा बलियो देखिएको लुम्बिनी आफ्नो बलिङ र फिल्डिङ पक्ष कमजोर हुँदा हालसम्म खेलेका तिन वटै खेल गुमाउन पुगेको हो ।

त्यसैले आफ्नो चौथो खेलमा जित निकाल्न वा सुपर चार को यात्रा कायमै राख्न लुम्बिनीले बाँकी सबै खेलहरु जित्नुपर्ने हुँन्छ त्यो पनि फराकिलो रनरेटका आधारमा । यता, लगातार तिन खेल जितेको जनकपुर भने अंक तालिकाको दोस्रो स्थानमा रहेको छ ।

सुपर चारको सहज यात्रामा रहेको जनकपुर आजको खेलमा जित निकाल्दै आफ्नो अजिवित यात्रा कायमै राख्न चाहान्छ ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ७ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together