९ बैशाख २०८३, बुधबार । April 23, 2026

आजको मौसमः बर्षा र हिमपातको सम्भावना, अत्याधिक चिसो बढ्ने


२३ मंसिर २०८१, आइतबार  

300
Shares

काठमाडौं । आज (आइतबार) देशभर पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान विभागले जनाएको छ ।

आज साँझदेखि मौसममा बदलीको संभाावना समेत बढेर गएको छ । महाशाखाले मौसम बुलेटिन जारी गर्दै पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण आज साँझदेखि नेपालका धेरै स्थानमा आंशिकदेखि साधारण बदलीको सम्भावना रहेको समेत बताइएको छ ।

आज साँझदेखि मौसममा बदली हुने र सोमबार शुदूरपश्चिम, कर्णाली, लुम्विनी, गण्डकी र वागमती प्रदेशको पहाडी भूभागमा हल्कादेखि मध्यम बर्षा हुने जल महाशाखाले जनाएको छ । त्यसैगरी हिमाली क्षेत्रमा हिमपातसमेत हुने हुँदा चिसो बढ्ने भएकाले ती क्षेत्रमा चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महासाखाले अनुरोध गरेको छ ।

साथै यो मौसम प्रणालीको असरले तापक्रममा समेत केही गिरावट आई चिसो बढ्नसक्ने सम्भावना रहेको पनि जनाइएको छ । वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई यातायातलगायत दैनिक जनजीवनमासमेत असर पर्न सक्ने देखिएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन विभागले जनाएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ६ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल–रुस सम्बन्धको ७० वर्ष: ऐतिहासिक मित्रतादेखि भविष्यको रणनीतिक सहकार्यतर्फ

काठमाडौं, काठमाडौंस्थित रसियन हाउसमा आयोजित उच्चस्तरीय छलफल कार्यक्रममार्फत नेपाल–रुस कूटनीतिक

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म