२७ फाल्गुन २०८१, मंगलबार । March 11, 2025

गौसको शतकसँगै लुम्बिनीमाथि पोखराको कीर्तिमानी जित



काठमाडौं । एन्ड्रिज गौसको शतकसँगै जारी एनपीएल अन्तर्गत छैटौँ दिनको दोस्रो खेलमा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई पराजित गरेको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा पोखराले लुम्बिनीलाई १० विकेटले पराजित गरेको हो । एनपीएलमा पोखराको यो पहिलो जित हो भने लुम्बिनी लायन्सको लगातार दोस्रो हार हो । लुम्बिनीले दिएको १ सय ७१ रनको लक्ष्य पोखराले १६ दशमलव ५ ओभरमा विनाविकेटको क्षतिमा पूरा गर्यो ।

पोखराका लागि एन्ड्रिज गौसले शतकीय तथा दिपेश खरेलले अर्धशतकीय पारी खेलेका थिए । गौसले १०४ रन बनाए । सो क्रममा उनले १२ चौका र ५ छक्का प्रहार गरे । दीपेशले ६१ रन जोडे ।

यसअघि टस जितेर ब्याटिङ थालेको लुम्बिनीले पूरै ओभर खेलेर ५ विकेटको क्षतिमा १ सय ७० रन बनाएको थियो ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  ४ : ०२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विभिन्न चार सुत्रीय मागसहित नेपाल स्काउट शुद्धीकरण अभियानद्वारा आन्दोलनको घोषणा

काठमाडौं । नेपाल स्काउट शुद्धिकरण अभियानले स्काउट भित्रको शुद्धीकरणका लागि

सुनको मूल्य सामान्य बढ्यो, चाँदीको मूल्य भने स्थिर

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ

चार देशीय सिरिजः आज नेपालले हङकङको सामना गर्दै

काठमाडौं । युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय सिरिज

भारतले जित्यो आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि

काठमाडौं । आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि भारतले जितेको छ ।

अमेरिकी डलरको भाउ स्थिर, अन्य कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको