काठमाडौं । एनपीएलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई १ सय ७१ रनको लक्ष्य दिएको छ ।
टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले पूरै ओभर खेलेर ५ विकेटको क्षतिमा १ सय ७० रन बनाएको हो । लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले ९५ रनको पारी खेले । उनले ५९ बलमा १० चौका र ४ छक्का प्रहार गरे । टम मुर्सले ४५ रन बनाए । त्यसक्रममा उनले २ चौका र २ छक्का प्रहार गरे ।
ओपनरद्वय आशुतोष घिरैया र उन्मुक्त चन्द शून्य रनमै आउट भएपछि रोहित र मुर्स क्रिजमा आएका थिए ।
उनीहरुले शतकीय साझेदारी गर्दै टोलीलाई सम्मानजनक स्कोरमा पुर्याएका हुन् । यस्तै, सन्दीप जोराले १८ रन बनाए ।
प्रतिक्रिया