१८ पुस २०८२, शुक्रबार । January 3, 2026

एनपीएल विशेष

पोखरा र लुम्बिनी भिड्दै, पहिलो जितको खोजिमा दुवै टिम



काठमाडौं । बुधाबार भएको आफ्नो पहिलो खेलमा विराटनगर किंग्ससँग २ विकेटले पराजित भएको लुम्बिनी लायन्सले शुक्रबार प्रतियोगिताको दोस्रो खेल खेल्दैछ ।

त्रिवि क्रिकेट मैदानमा शुक्रबार दिउँसो १ बजेर १५ मिनेटमा सुरु हुने खेलमा लुम्बिनीले पोखरा एभेन्जर्सको सामना गर्नेछ । आफ्नो पहिलो खेलमा विष्फोटक ब्याटिङ पर्दशन गरेको लुम्बिनी बलिङ र फिल्डिङमा चुक्दा विराटनगर सँग पराजित हुनु परेको थियो ।

लुम्बिनीले दिएको १ सय ९२ रनको लक्ष्य विराटनगरले अन्तिम बल बाँकी छँदा ८ विकेटको क्षतिमा पुरा गरेको थियो । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ४६, टस मूर्सले ३० रनको योगदान गरेका थिए । बुधबारको खेललाई हेर्दा लुम्बिनीको ब्याटिङ लाइन बलियो देखिन्छ ।

त्यही ब्याटिङ स्प्रिटलाई कायमै राख्दै बलिङ र फिल्डिङमा देखिएका कमजोरि सुधार गरे लुम्बिनीले पोखरा विरुद्ध पहिलो जित निकाल्न सक्नेछ ।

यता, लगातार दुई खेलमा पराजय व्यहोरेको पोखरा भआफ्नो तेस्रो खेलमा भने जसरी पनि जित निकाल्नुपर्ने दबाबमा छ । प्रतियोगिताको पहिलो खेलमा चितवन राइनोजसँग ८७ रनले पराजित भएको पोखरा दोस्रो खेलमा जनकपुर बोल्टस्सँग ७ विकेटले पराजित हुन पुगेको थियो ।

लगातार दुई खेलमा खराब नतिजा हात पारेको पोखराले लुम्बिनी विरुद्धको खेलमा आफूलाई प्रमाणित गर्नैपर्ने चुनौती छ । त्यसका लागि पोखराले आफ्नो ब्याटिङ लाइनलाई बलियो बनाउनुपर्ने हुन्छ ।

सँगै बलिङमा देखिएका कमजोरिलाई सुधार गर्दै टिमलाई सन्तुलित बनाएर अघि बढ्नुपर्ने देखिन्छ ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहिबार  १० : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together