२४ माघ २०८२, शुक्रबार । February 6, 2026

एनपीएल विशेष

पोखरा र लुम्बिनी भिड्दै, पहिलो जितको खोजिमा दुवै टिम



काठमाडौं । बुधाबार भएको आफ्नो पहिलो खेलमा विराटनगर किंग्ससँग २ विकेटले पराजित भएको लुम्बिनी लायन्सले शुक्रबार प्रतियोगिताको दोस्रो खेल खेल्दैछ ।

त्रिवि क्रिकेट मैदानमा शुक्रबार दिउँसो १ बजेर १५ मिनेटमा सुरु हुने खेलमा लुम्बिनीले पोखरा एभेन्जर्सको सामना गर्नेछ । आफ्नो पहिलो खेलमा विष्फोटक ब्याटिङ पर्दशन गरेको लुम्बिनी बलिङ र फिल्डिङमा चुक्दा विराटनगर सँग पराजित हुनु परेको थियो ।

लुम्बिनीले दिएको १ सय ९२ रनको लक्ष्य विराटनगरले अन्तिम बल बाँकी छँदा ८ विकेटको क्षतिमा पुरा गरेको थियो । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ४६, टस मूर्सले ३० रनको योगदान गरेका थिए । बुधबारको खेललाई हेर्दा लुम्बिनीको ब्याटिङ लाइन बलियो देखिन्छ ।

त्यही ब्याटिङ स्प्रिटलाई कायमै राख्दै बलिङ र फिल्डिङमा देखिएका कमजोरि सुधार गरे लुम्बिनीले पोखरा विरुद्ध पहिलो जित निकाल्न सक्नेछ ।

यता, लगातार दुई खेलमा पराजय व्यहोरेको पोखरा भआफ्नो तेस्रो खेलमा भने जसरी पनि जित निकाल्नुपर्ने दबाबमा छ । प्रतियोगिताको पहिलो खेलमा चितवन राइनोजसँग ८७ रनले पराजित भएको पोखरा दोस्रो खेलमा जनकपुर बोल्टस्सँग ७ विकेटले पराजित हुन पुगेको थियो ।

लगातार दुई खेलमा खराब नतिजा हात पारेको पोखराले लुम्बिनी विरुद्धको खेलमा आफूलाई प्रमाणित गर्नैपर्ने चुनौती छ । त्यसका लागि पोखराले आफ्नो ब्याटिङ लाइनलाई बलियो बनाउनुपर्ने हुन्छ ।

सँगै बलिङमा देखिएका कमजोरिलाई सुधार गर्दै टिमलाई सन्तुलित बनाएर अघि बढ्नुपर्ने देखिन्छ ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहिबार  १० : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल