काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बिहीबार दिउँसो भएको प्रतियोगिताको नवौँ खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौं गोर्खाजलाई ७३ रनले पराजित गरेको छ।
सुदूरपश्चिम रोयल्सले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौं गोर्खाजले १५ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर मात्र ९५ रन बनाउन सक्यो। सुदूरपश्चिमको यो लगातार दोस्रो जित हो भने काठमाडौंको यो दोस्रो हार हो । काठमाडौं गोर्खाजका लागि स्टीफन एस्किनाजी सर्वाधिक ३७ रनको योगदान दिए।
यस्तै सुमित महर्जनले १४, गेर्हार्ड इरास्मस १० र भीम सार्की १० रन बनाए । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । सुदूरपश्चिमका लागि नरेन साउदले ४ विकेट लिए । अविनाश बोहराले २, तथा सैफ जैब र ब्राण्डन म्याकमुलनले १–१ विकेट लिए ।
यसअघि सुदूरपश्चिम रोयल्सले पूरै ओभर खेलेर ६ विकेटको क्षतिमा १ सय ६७ रन बनाएको थियो ।







प्रतिक्रिया