२८ फाल्गुन २०८१, बुधबार । March 12, 2025

यू–१९ एसिया कपः नेपालको सान्त्वना जित, अफगानिस्तान १ विकेटले पराजित



काठमाडौं । एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले अफगानिस्तानलाई हराउँदै सान्त्वना जित हासिल गरेको छ ।

शारजाह क्रिकेट स्टेडियममा मंगलबार भएको खेलमा नेपालले अफगानिस्तानलाई १ विकेटले पराजित गरेको हो । अफगानिस्तानले दिएको १ सय २४ रनको लक्ष्य नेपालले ४१ दशमलव ३ ओभरमा ९ विकेट गुमाउँदै पूरा गरेको थियो । नेपालका लागि नरेन साउदले २६ रन जोडे भने कप्तान हेमन्त धामीले अविजित रहँदै २२ रनको यागदान दिए ।

यस्तै अर्जुन कुमालले २१ रन बनाउँदा अभिषेक तिवारीले १३ रन जोडे । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । अफगानिस्तानका लागि खातिर खान स्तानिकजाई र अल्लाह गजन्फरले ३–३ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ थालेको अफगानिस्तान ३५ दशमलव ४ ओभरमा १ सय २३ रनमा अलआउट भएको थियो ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  ५ : ०२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको मूल्य सामान्य बढ्यो, चाँदी पनि बढ्यो

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ सामान्य बढेको छ

आजको विनिमयदरः अमेरिकी डलर र पाउण्डको मूल्य घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज (बुधबारका) लागि अमेरिकी

आजको मौसमः पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक

घट्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको भाउ घटेको छ ।

आजको विनिमयदरः बढ्यो अमेरिकी डलरको भाउ, युरोपियन युरो र पाउन्ड स्ट्रलिङ पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको